Loading

Gyanuwalker Paudel

गिरेको ऊ आफ्नै नजरमा रहेछ

गिरेको ऊ आफ्नै नजरमा रहेछ,
बदनाम निकै यो सहरमा रहेछ ।

मेलजोलमा छैन रूचि पटक्कै,
चाख धेरैलाई टक्करमा रहेछ ।

छैन योगदान यहाँ जसको केही,
नाम किन उसैको खबरमा रहेछ ।

Segments: 

जारी छ अझै सफर आफ्नो

जारी छ अझै सफर आफ्नो
भएर पनि छैन घर आफ्नो

आफैसित आफू टाढा किन ?
सोद्ध छ यो मन अक्सर आफ्नो

ठानेथे आत्मीय जसलाई सधैँ
उसैसित पर्‍यो टक्कर आफ्नो

खेल्दा खेल्दै बैँसको यो खेल

Segments: 

रचना

रचना

दुईमहिने साहित्यिक पत्रिका
प्रकाशक/प्रधानसम्पादक: रोचक घिमिरे
सम्पादक: ज्ञानुवाकर पौडेल
ब्यवस्थापक: सुधीर घिमिरे, प्रतीक घिमिरे
कार्यालय: टंगाल, काठमाडौँ
फोन: ९७७-०१-४४१४७७९
इमेल: nepalirachana@gmail.com

Literary Organizations: 

कस्तो रहेछ त सहर था भो

कस्तो रहेछ त सहर था भो
मान्छे हुन् कि प्रस्तर था भो

हाँस्ता पनि दुख्यो जब यो मन
दिवा-स्वप्नको असर था भो

सुरक्षार्थ खटिएका माली नै यहाँ
किन चोर्छ फूल अक्सर था भो

Segments: 

कस्को प्रभाव छ यो देशमा

कस्को प्रभाव छ यो देशमा
मौसम खराब छ यो देशमा

Segments: 

त्यो आँधीबेरी त्यो तूफानको डर नहुँदो हो

त्यो आँधीबेरी त्यो तूफानको डर नहुँदो हो
कमजोर यदि हामी निर्धनको यो घर नहुँदो हो

Segments: 

Pages

Comments

Subscribe to Gyanuwalker Paudel