सधैं सधैं उही कुरा लेख्ता पो त दिक्क लाग्छ जेजे देख्नु हुन्नथ्यो त्यै देख्ता पो त दिक्क लाग्छ
धेरै कुरा पाइएन त्यो त बरू ठीकै थियो हावा पनि तिनले तेतै छेक्ता पो त दिक्क लाग्छ
थिए शिरमाथि हजार दु:ख आफ्नै, कताबाट फेरि यो सुनामी आयो। लियो ज्यान धेरै, पियो बस्ती सारा, बिना सूचना नै यो बेइमानी आयो।
कतै मर्नु पर्ने नपाएर पानी, कतै पानीमा नै डुबिमर्नु पर्ने।