General discussion

युद्ध भूिममा मुर्कुट्टा किन नाच्छ ? / जगदीश घिमिरे

Jagadish Ghimireसंस्कृतको अनुपम ग्रन्थ पचंतन्त्रको 'मित्रभेदप्रकरणको 'बाँदर भँगेराजोडीकथामा भनेको छपरपीडकले आफ्नो विनाशको वास्ता गर्दैन युद्धभूिममा टाउको छिनिएको मुर्कुट्टा अरू घाइतेको पीडामा खुशी भएर नाच्छ

परदु:ख चाह गर्ने खलले गन्दैन आफ्नै नाश  
शिर गिर्दा समरविषे कबन्ध घुम्दै रहन्छ दङ्गदास ।।

(पंचतंत्र, अनुवाद लेखनाथ

माओवादीको 'थट पुलिसखगेन्द्र संग्रौलको प्रलापले त्यस कथाको यो उक्ति सान्दर्भिक हुन पुगेको 'थट पुिलसको परिचय तल  

मर्न देऊ, पोर्नोग्राफी बचाऊ / खगेन्द्र संग्रौला

Khagendra Sangraulaम मृत लेखक बिहान आँखा मिच्दै र हाई काड्दै उठे"। यसो हेर्छु त पि"डीको टेबुलमा एउटा लिखित कागत छ। कागतको शिरमा 'प्रतिक्रिया' लेखिएको छ। म झस्के"। चालु अधोमुखी राजनीतिमा अर्काका वचनमाथि प्रतिक्रिया मात्र गर्ने प्रतिक्रियावादीहरूको बिगबिगी छ। अहो † मेरो टेबुलमा रातिबीच कुन प्रतिक्रियावादी आइलागेछ?

खगेन्द्र दाजु नमर्नूस् प्लिज / राजेन्द्र थापा

खगेन्द्र संग्रौला दाजुले मेरा 'खेलौना' खेल्दा पड्केर हो वा हजारौं हजारपाठकले पढिदिएर, पैसा बर्सियो भनेर हो कि आफू मरेको घोषणा गरेकाले म मर्माहत छु। करिब ३८ वर्षअघि यौटा उपन्यास लेखेर लेख्न छाडे पनि अहिले खेलौना लेखेर खगेन्द्र दाजुलाई आत्महत्या गर्न विवश बनाएछु मैले। दाजु मर्ने थाहा भए, यस्तो जिनिस किन लेख्थें र! दाजु नमर्नूस्। तपाईं मर्नुभयो भने पत्रकारितामुखी साहित्य एक्लै कसरी बाँच्ने? साहित्यमा पत्रकारिता: पत्रकारितामा साहित्यको अविष्कारक दाजुहरूकै कारण साहित्यिक सृजना बन्न पुगेका छन्- लीलामयकफी गफ, लोकल कुखरा खा' गफ, पसल्नीसित मोबाइल साटिया, कविहरूले रक्सी खा', भुटनचाख्या, घरको बिरालो मर्या , श्रीमतीले अमेरिकाबाट फोन गरेर के तरकारी खानु भो भनेर सोध्यागफ, छोरी सुत्केरी भा' गफहरू।

नेपाली साहित्यिमा माफियाकरण

दीर्घराज प्रसाईका अनुसार नेपाली साहित्यको लगाम माफियाहरूको आधिनमा छ । उनी लेख्छन्- साहित्यलाई ढाल बनाएर आफ्ना नाममा ठूला ठूला भ्रष्टाचारी, तस्करहरू र ब्यापारीहरूले ठूला ठूला रासीको पुरस्कार गुठी खोलेका छन् । साहित्य क्षेत्रमा कुनै पनि नाम निशान नभएका ब्यापारी, ठेकेदार र राजश्व ठगी गर्ने ठालू तस्कर र भ्रष्टहरूले कालो धनलाई सेतो धनमा परिणत गराउन ठूला साहित्यकार भनौदाहरू समेतलाई पुरस्कार दिएर नेपालका साहित्यकारहरूको चिरहरण गर्ने काम गर्दैआएका छन् ।

तपाईँलाई उनका कुरा कस्ता लागे, लेख्नु होला है !

लेखक बन्न चाहनेलाई खगेन्द्र संग्रौलाका अर्ति !

हालसालै सार्वजनिक भएको निबन्ध संग्रह 'आफ्नै आँखाको लयमा' भित्र लेखक खगेन्द्र संग्रौलाले केही अर्ति दिएका छन् । उनी भन्छन्, "गजल नलेख्नू, कृतिमा भूमिका नलेखाउनू, र गनगन गर्न र रुन लेखक नबन्नू ।" 

संग्रौलाका निम्न उल्लेखित अर्तिहरू तपाईँलाई कस्ता लागे, लेख्नु होला है !