Mohan Thakuri

शहर

- मोहन ठकुरी

गति छ तर रङ्गहीन छ जीवन
एकान्त मासेर / बसाएको
हल्लाहरूका यो बस्तीमा,
अपरिचयको पर्खाल उभाएको छु
मेरा घर वरिपरि
निर्मल मित्रतालाई / ढोकामा
लेखिकिएको छु: 'प्रवेश निषेध' ।

Author
Segments