Madhav P. Ghimire

भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो / राष्ट्रकवि माधव घिमिरे

Nepal Army rescuing few months old baby alive in earthquakeभुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो

अनायासै देशै थाम्न– जुट्यो हातेमालो

 

कराउँदै रूखदेखि सारा पन्छी उडे

उडूँ भने, पंख छैन भुइँमा मान्छे लडे

घर ढले, मन्दिर ढले, धूलो उड्न थाल्यो

खोज गर्न, खबर गर्न– जुट्यो हातेमालो

Segments: 

आजै र राती के देखेँ सपना मै मरी गएको / माधव घिमिरे

आजै र राती के देखेँ सपना मै मरी गएको
बतास बिना हांगाको फूल भुइँ झरी गएको

मर्स्याङ्ग्दी नदी नरमाईलो सुसाई रहेको
कहाँ हो कहाँ बादल भित्र म रोई रहेको

Segments: 

माधव घिमिरे

Rashtra Kavi Madhav Prasad Ghimireनाम - माधवप्रसाद घिमिरे

जन्मः वि.सं. १९७६, असोज ७ गते, पुस्तुन गाउँ, लमजुङ्ग

सेवा - साहित्य, शिक्षा - शास्त्री र दर्शन,

भ्रमण - नेपाल, भारत चिन, बङ्गलादे, साभियत रुस

विधाः कविता/निवन्ध,अन्य

Segments: 

कविजीलाई सम्झिँदा/ माधव घिमिरे

कविवर सिद्धिचरण श्रेष्ठ नेपालीका प्रिय कवि हुनुहुन्छ । साहित्यकारहरूले 'कविजी' भनेर गरिने सम्बोधन उहाँकै निम्ति हुन्थ्यो । फूलमा डुब्ने पुतलीजस्तै बारबार एक ठाउँबाट एकाएक उठेर अर्को ठाउँमा जाने उहाँ अरूसँग असम्पृक्त रहेर नयाँ-नयाँ भावलाई समात्न हिँडिरहे जस्तो लाग्थ्यो । कहिलेकाहीँ गुलाबी ठट्टाको साथ अर्काको विचारलाई खण्डन गर्दै हाँस्ने उहाँ आफ्नै मौलिक चिन्तनमा विश्वस्त हुनुहुन्थ्यो । उहाँ कविताप्रति समर्पित कवि हुनुहुन्थ्यो र जनताका निम्ति कविता लेखेबापत अठार वर्षका निम्ति जेल पर्नुभयो । उहाँको पहिलो विशेषता हो- उहाँ मनमा नलागी कविता नलेख्ने । उहाँ कविताको परिभाषा गरेर त्यस्ौअनुसार

५/ मेरी लच्छिनकी जहान/ माधव घिमिरे

कोठामा कसरी पसूँ नजरकी श्रृङ्गार छैनौ तिमी
यत्रो शोक कहूँ कहाँ हृदयकी आधार छैनौ तिमी
कोठामा अघि भर्खरैतक थियौ बोलीरहेकी तिमी
ए छैनौ कसरी भनूँ ! हृदयमा खेलीरहेकी तिमी

Segments: 

४/ लाऊ अन्जुलि तीन बार जलको/ माधव घिमिरे

सेलायो उनको चिता र दिनको ज्वाला निभ्यो पश्चिम
यो छाया-छविको डुब्यो दिन डुब्यो रङ्गीन त्यो जीवन
थोत्रो देवल शून्यसान दुनियाँ सारा अँध्यारोतिर
जाऊ हे सखि ! साँझको शिखरको पारी उज्यालोतिर

Segments: 

३/ बिर्सी बिर्सिसकिन्न/ माधव घिमिरे

लीला माइतका भुलेर घरका धन्दा तिमीले गर्यौ
आमाको ममता भुलेर कसरी माया मलाई गर्यौ
छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

Segments: 

२/ यौटा सत्य कथा म भन्छु/ माधव घिमिरे

यौटा सत्य कथा म भन्छु- दुइटा प्रेमी थिए सुन्दर
मिल्दो दौंँतर त्यो उमेर पनि ता पाँचै थियो अन्तर
छायाक्षेत्र हिमालको बगलमा बस्ने सुखी किन्नर
मायाप्रीति कपोतको सरि थियो प्रारम्भ भै भर्खर

Segments: 

१/ हे नारायण के भयो !/ माधव घिमिरे

पानी सिमसिम बर्सिएर सकियो आषाढको रातमा
निस्के झिम्झिम ज्योतिमा जुनकिरी ओस्याइला फाँटमा
फारी बादल शैलको शिखरमा तारा उदाइन् अब
आई विष्णुमती-पवित्र तटमा मेरी निदाइन् अब

Segments: 

के लेख्नु मैले पर्यो/ माधव घिमिरे

धर्ती यो हरियो थियो सगरका तारा उज्याला थिए
मेरै प्रीति सुहाइ कान्तिपुरका सन्भुयाल अग्ला थिए
छाया आज पर् यो छिप्यो छवि कहाँ के देख्नु मैले पर् यो
आँसूमा अब चिप्लियो कलम यो के लेख्नु मैले पर् यो !

Segments: 

Pages

Comments

Subscribe to Madhav P. Ghimire
Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom