Loading

Laxmi P. Devkota

महाकवि लक्ष्मीप्रसाद देवकोटा / गोपाल पराजुली

खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाई अरूलाई दिनु जहाँ छ ।

यो माथिको कविताका लेखक महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन् । उनको जन्मं १९६६ साल कात्तिक २७ गते काठमाडौंको डिल्लीबजार धोबीधाराटोलमा भएको हो । उनका बाबुको नाउँ तिलमाधव देवकोटा हो र आमाको नाउँ अमरराज्यलक्ष्मीदेवी हो । लक्ष्मीप्रसादको न्वारनको नाउँचाहिँ तीर्थमाधव देवकोटा हो तर लक्ष्मीपूजाको राति जन्मेका हुँदा उनको नाउँ लक्ष्मीप्रसाद रहन गएको हो । लक्ष्मीप्रसाद उनका आमाबाबुका साहिँलो छोरा हुन् । त्यसैले उनका छिमेकीहरूले उनलाई साहिँला बाजे पनि भन्ने गर्दथे ।

आफ्नै भक्तले डुबाएका देवकोटा / डीपी भण्डारी

Laxmi Prasad Devkotaकुनै पनि मुलुक र त्यहाँका सार्वजनिक क्षेत्रका व्यक्तिको मूल्यांकन गर्नुपर्दा त्यस समाजको बौद्धिक स्तर पनि हेर्नुपर्छ। यस अवस्थामा हामी हाम्रा महाकवि देवकोटा पनि परेको मान्न सक्छौँ। अर्थात् देवकोटाको मूल्यांकन गर्न उनलाई समग्रमा हेर्न खोज्नेहरूले उनका भक्त र प्रशंसक हुँ भन्नेहरूको भनाइलाई पनि हेर्नुपर्ने हुन्छ। हालसम्म देवकोटाका विषयमा जति पनि कुरा आए तीमध्ये केही सही, वास्तविक र वस्तुनिष्ठ भए पनि कतिपयचाहिँ काल्पनिक र अव्यावहारिक नै छन्।

मुनामदन किन यति लोकप्रिय ?/ कुमारबहादुर जोशी

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन पहिलोपटक मैले आजभन्दा ५२ वर्षअघि अर्थात् २०१६ सालमा एसएलसी जाँच दिन तयारी गर्नेताका पढेको हुँ। त्यतिखेर पनि मैले मुनामदनभन्दा पहिले नै देवकोटाका 'यात्री' र 'मार्ग' नामक दुई कविता पढिसकेको थिएँ। त्यतिबेला देवकोटाका यी दुई कविता एसएलसीको पाठ्यक्रममा समाविष्ट थिए। खासमा यी दुई कविता पढेपछि नै म महाकवि देवकोटाप्रति आकषिर्त भएको हुँ। त्यसरी नै जसरी एसएलसी पाठ्यक्रमकै कविता 'कालमहिमा' पढेपछि कविशिरोमणि लेखनाथ पौड्यालप्रति आकषिर्त हुन पुगेको थिएँ। यसरी मलाई महाकवि देवकोटाप्रति प्रथमपटक आकषिर्त तुल्याउने र उनको मुनामदन खोजेर पढ्न लगाउने काम कविका उक्त 'यात्री' र 'मार्ग' कविताले नै गरेका थिए।

Segments: 

छोटा किस्सा / लक्ष्मीप्रसाद देवकोटा

छोटो किस्सा एउटा सानो झ्याल हो, जहाँबाट एउटा सानो संसारमा चियाइन्छ । ठूलोभन्दा सानो झन् ठूलो छ, अनन्त पनि संकेत र मूर्तिमा प्रतिविम्बित हुन्छ । आजकल लन्डनमा सेन्ट पालको सुई मुसाभन्दा छिटो दगुर्दछ, आधुनिक जीवनको संकीर्णताको सबब र समयको घोडदौडका कारण छोटो किस्सा टेबुलमाथिको आँपभन्दा मीठो सम्झिइन्छ । वास्तवमा छोटकरी रचना नै आजकल सच्चा साहित्य बनिरहेछ।

नेपालमा पचासगजे नालिसको समय अझ राम्ररी छुटेको छैन । त्यसकारण कथा पनि थाङ्ने लम्बे हुनु अप्राकृत होइन । तर, थोरैमा मीठो र भरलिो हुनु छोटो किस्साको पानी हो ।

Segments: 

पागल

जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु !
ती कुरा
जसको अस्तित्व लोक मान्दैन

Segments: 

अत्यन्त राम्रो स्वदेश हाम्रो हिमालको श्रीपेच लाएको

अत्यन्त राम्रो स्वदेश हाम्रो, हिमालको श्रीपेच लाएको
हरियो वन शान्तिको धन, धन्य यहाँ यो जन्म पाएको

Segments: 

चारदिनको चोला यो

चार दिनको चोला यो भन्नु शम्भू भोला
घामछायाँको खेल यो विचार गर्नु होला भाइ

Segments: 

जाऊँ जाऊँ डुल्न जाऊँ प्रकृति प्रीत वन

जाऊँ जाऊँ डुल्न जाऊँ प्रकृति प्रीत वन ॥

आऊ आऊ भन्छ वायु जाऊँ भन्छ मन ।
मधुर तरुको वीणा बाजा गाउने पवन ॥

फूल फुल्ने तालपारि नाचनेछ मन ।
घाँस सुन्ने सर्सराई हाँसने गगन ॥

Segments: 

फूल फूलेको बागमा/ लक्ष्मीप्रसाद देवकोटा

फूल फुलेको बागमा चाँदनीको माधुरी ।
हर्हर हवाको चाल शितल फूल हिल्छन् फर्फरी ॥

Segments: 

झरना

पहाडको शिखरबाट
देखेँ झरेको जल ।

मेरो मनमा बत्ती बले
हजारौँ झलमल ॥
त्यो पानीको झरनामा
शक्ति कति छ लुकेको ।
देख्‍नसके कति त्यसमा
बत्ती बिजुली बलेको ॥
तर हाय त्यसै नै पग्ली
पानी व्यर्थ बहन्छ ॥
के हामी मानिसका
हृदयका गिरिमा
छैनन् यस्तै अटूट
निर्मल जलका झरना ?
हामी भित्र भए यदि यस्ता
सुन्दर झरना हजार !
हाय छ कस्तो अपशोच !
अझ छ अँध्यारो संसार !

Segments: 

Pages

Comments

Subscribe to Laxmi P. Devkota