Bibhor Baral
कर्महीन जिन्दगीको मजा बेग्लै हुन्छ / विभोर बराल
प्रेमपत्र / विभोर बराल
गाजलु ती नजरले
नूतन मार्ग निर्माण गर्दै अर्चना/ विभोर बराल
युवा गजलअनुरागी सप्रेम अर्चना पाठकसमक्ष आएकी छिन् शास्त्रीय तथा लोक छन्दका साथै फारसी बहरमा बाँधिएका गजलहरूको सँगालो 'सपना कहाँ छुन सक्छु र!' लिएर। आफ्नो यस कृतिमार्फत उनले नौलो किर्तिमान पनि बनाएकी छिन्। उनी प्रथम नारी स्रष्टा बन्न पुगेकी छिन् छन्दमा आधारित गजल सङ्ग्रह प्रकाशित गर्ने।
Author
Segments
Language
जवसम्म मनमा युद्ध हुँदैन / विभोर बराल
मेरो मन खुसीले उफ्रन्छ
म तिमीलाई फेरि भेट्नेछु

म तिमीलाई फेरि भेट्नेछु
कहाँ ? कसरी ? त्यो त थाहाछैन
सायद तिम्रो कल्पनाको झिल्का बनेर
तिम्रो क्यानभासमा उत्रिनेछु
वा सायद तिम्रो क्यानभासमाथि
एउटा रहस्यमयी रेखा बनेर
चुपचाप तिमीलाई हेरिरहनेछु
वा सायद सूर्यको किरण बनेर
तिम्रो रङ्गमा घोलिनेछु
वा रङ्गको अँगालोमा बसेर
तिम्रो क्यानभासमा उत्रिनेछु
थाहाछैन कहाँ-कसरी ?
तर तिमीलाई पक्कै भेट्नेछु
Author
Translator
Segments
Language