Loading

Online Sahitya

अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सवमा अकिञ्चन प्रथम

काठमाडौं, २२ असार । विराटनगरका उमेश राई अकिञ्चन अमेरिकाको बोस्टनमा आयोजित अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव २०१० मा प्रथम भएका छन् । नेपाली साहित्य प्रतिष्ठान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा भएको महोत्सवमा उमेशको 'मोनालिसा र मार्च ८' शीर्षक कविताले सर्वोत्कृष्ट स्थान हासिल गरेको हो । हेम सरिता पाठक भानुभक्त पुरस्कार नाम दिइएको उक्त पुरस्कारको राशि एक हजार अमेरिकी डलर रहेको छ ।

यसैगरी प्रतियोगितात्मक महोत्सवमा तीन सय डलर राशिको दोस्रो पुरस्कार सोमनाथ सुवेदीले प्राप्त गरे भने दुई सय डलर रहेको तेस्रो पुरस्कार रमा अधिकारीले हात पारिन् ।

Segments: 

साझा पुरस्कार ढकाल र सुवेदीलाई

काठमाडौँ, २१ असार । साझा प्रकाशनले २०६५ र २०६६ सालको साझा पुरस्कारको घोषणा गरेको छ । २०६५ को पुरस्कार प्रेतकल्प उपन्यासका लागि नारायण ढकाललाई र २०६६ को पुरस्कारबाट संक्रमणकालको साहित्य र समकालीनता कृतिका लागि पुरुषोत्तम सुवेदीलाई सम्मान गरिने भएको छ । साझाले हरेक वर्ष आफ्नो प्रकाशनबाट छापिनॆ कृतिहरुमध्येबाट सर्वोत्कृष्ट ठहरिएकोलाई यो पुरस्कार दिँदै आएको छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।

Segments: 

देवकोटालाई आदिकवि भानुभक्त र पोखरेललाई गोपाल पाँडे असीम पुरस्कार

२०६७ सालको आदिकवि भानुभक्त पुरस्कार साहित्यकार राजेश्वर देवकोटाले पाउने भएका छन् । हरेक वर्ष दिइँदै आएको पुरस्कार यस वर्ष देवकोटालाई अर्पण गर्ने निर्णय गरिएको नेपाल शिक्षा परिषदद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी परिषदले यस वर्षको गोपाल पाँडे असीम पुरस्कार डा माधवप्रसाद पोखरेललाई दिने निर्णय गरेको छ ।

Segments: 

अस्ताए निबन्धरत्न कृष्ण

काठमाडौँ, १७ असार । निबन्धकार तथा समालोचक कृष्णचन्द्रसिंह प्रधानको ८५ वर्षको उमेरमा बिहीबार साँझ राजधानीमा निधन भएको छ । ताहाचलस्थित आफ्नो निवासमा बसिरहेको बेला सामान्य बान्ता गरेपछि त्रिपुरेश्वरस्थित काठमाडौं नर्सिङहोम लैजाँदै गर्दा बाटैमा उनको निधन भएको हो । 'कवि व्यथित र काव्य साधना' समालोचनात्मक कृतिका लागि १०१५ मा मदन पुरस्कार पाएका प्रधानलाई शङ्कर लामिछानेपछिका प्रभावशाली निबन्धकार मानिन्छ ।

Segments: 

समकालीन नेपाली कविताका प्रवृत्ति बजारमा

काठमाडौँ, ११ असार । डा. लक्ष्मणप्रसाद गौतमको समालोचनात्मक ग्रन्थ 'समकालीन नेपाली कविताका प्रवृत्ति' बजारमा आएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कृति सार्वजनिकीकरण समारोहमा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले कृति विमोचन गरे । समारोहमा मोहनराज शर्मा, डा. ज्ञानू पाण्डे, डा. खगेन्द्रप्रसाद लुइँटेल, डा. गोविन्दराज भट्टराई, डा. तुलसी भट्टराई लगायतले कृतिको विश्लेषणका साथै कृति र कृतिकारप्रति शुभ कामना अर्पण गरेका थिए ।

Segments: 

राष्ट्रिय कविता महोत्सवमा लीला अनमोल सर्वोत्कृष्ट

काठमाडौँ, ९ असार । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको २०६७ सालको राष्ट्रिय कविता महोत्सवमा झापाकी लीला अनमोलले प्रथम स्थान हासिल गरेकी छिन् । ३८ प्रतिष्पर्धीहरूको कवितालाई उछिन्दै उनको 'दुर्घटित विश्वास' शीर्षकको कविता सर्वोत्कृष्ट घोषित भएको हो । महोत्सवमा दुई सय ५१ कविताबाट छानिएका ३८ कविता प्रतियोगिताको दौडमा सहभागी थिए । बुधबार प्रतिष्ठानको ५३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित वाचन कार्यक्रममा प्रतियोगी कविहरूले आफ्नै आवाजमा ती कविता सुनाएका थिए ।

Segments: 

गीतकार संघ नेपाल गठन

काठमाडौं, २ असार । नेपाली गीतकारहरूका हक अधिकार स्थापना गर्ने उद्देश्यले गीतकार संघ नेपाल गठन भएको छ । तत्कालका लागि डा. कृष्णहरि बराल अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ ।

Segments: 

बिसे नगर्चीको बयान सार्वजनिक

काठमाडौँ, २८ जेठ । कवि श्रवण मुकारुङको बहुप्रतिक्षित कविताकृति 'बिसे नगर्चीको बयान' पाठकमाझ आएको छ । २०६२-६३ को जनआन्दोलनको क्रममा चर्चाको चुलीमा छाउन सफल कवितालाई शीर्ष कविताको रूपमा कृतिकै नाममा राखिएको कृतिलाई एक अनौपचारिक कार्यक्रमका बीच सार्वजनिक गरियो । कृतिमा कविका यसअघि प्रकाशित दुई कवितासङग्रह देश खोज्दै जाँदा (२०४९) जीवनको लय (२०६१) बाट पनि केही छानिएका रचनाहरू समेटिएका छन् ।

Segments: 

Pages

Comments

Subscribe to Online Sahitya