Suko Cyber

Nijgadh, Bara.
email: sukocyber@gmail.com

कविताको सन्दर्भमा

- सुको साइबर


मेरो आँखाको कुकुर
रातभरि भुकिरहन्छ

कविताको नोकर हुँ


अन्धो सहरको
अँध्यारो रातमा
ढुङ्गाको श्वास फेरेर
मान्छेहरू
हावा कुल्चिँदै हिँडिरहेछन्
यहाँ
कविताको सूर्य

Author
Segments

माछो समय

को खाइ को खाइ हाम्म .....

तिमी मबाट 
यसरी टाढियौ 
जसरी टाढिएथ्यो
तिमीबाट
तिम्री आमाको
न्यानो काख

ती टालाटुली पुतलीहरू ....

तिमी मबाट 
यसरी टाढियौ 
जसरी टाढिएथ्यो
तिमीबाट
तिम्रो बालापन

तिमी मबाट
यसरी टाढियौ ...

एउटा क्रूर सत्य -
कोपिला फक्रेर
बिस्तारै-बिस्तारै
आफ्नै बोटबाट टाढिएको
मगमग मगमगाउने
अबोध फूल । 

Author
Segments

तागत

मैले कोरेको अक्षरको आँखामा
तिमी
निर्वस्त्र निदाउन सक्छ्‌यौ
 
मैले उघारेको आँखाको आकाशमा
बिनापखेटा रहर पुगुन्जेल
Author
Segments