जीवनलाई फूल सम्झेँ
जीवनलाई फूल सम्झेँ ओइलाउन खोज्छ सधैँ
सजाएर राख्न खोज्छु झर्न खोज्छ ब्यर्थै रुँदै
कहिले हिमाल कहिले तराई बगिरहन्छ आँसु
ओइलिएर झरिजाने फूलहरूलाई कति साचूँ
सम्झी सम्झी माया किन परेलीको डिलमा सधैँ
सजाएर राख्न खोज्छु झर्न खोज्छ व्यर्थै रुँदै
बेहिसाब दुख्छ छाती सम्झिदैन कैले पनि
आजमात्र यस्तो होइन यस्तै हुन्थ्यो पैले पनि
बास छ यहाँ दुईदिनको सुख जति कैदी सधैँ
सजाएर राख्न खोज्छु झर्न खोज्छ व्यर्थै रूँदै ।
Author
Segments
Language