विकास पण्डित
झोलाभरी राखेर
इकोलोजीका जेनेभा प्रिन्ट ग्रन्थहरू
ओभरहेड प्रोजेक्टरबाट देखाउँछ
गरीबीको चक्र
र राजधानीका रियल स्टेटसँग
खरीद गर्छ
छ आना जग्गा ।
कागजको सेतो शरीरभरि
नाङ्गी वेश्याको तस्विर बनाउन सकिनछ
र माक्र्स पनि,
कागजमा युद्धको घोषणा गर्न सकिन्छ
र कोर्त सकिन्छ
यातना—शिविरको नक्सा पनि,
कागजमा प्रशस्ति लेख्न सकिन्छ
र कविता पनि
बस्, एउटै कुरामा छ आनन्द
कन्याइरहनुमा
कविता, कथा र चित्र लेखने औंलाहरुले
फगत आङ कन्याइरहनुमा
विद्रोहमा उचालिने हातहरुले
आफ्नै शरीरका कापहरुमा
चलाइरहनुमा ।
देशे बेचेर आफ्नो छोरालाई घडेरी किन्नेहरु छन् वरिपरि
अर्काको काँधमा चढेर सगरमाथा आरोहण गर्नेहरु छन् वरिपरि
जोताएर तमाम मानिसहरुलाई किसान बन्नेहरु छन् वरिपरि
भोक्दै छु एकनाससँग
इँटा बोक्छ
सिमेन्ट र फलामका छडहरु बोक्छ
ढुङ्गा, बालुवा र काठ बोक्छ
बोक्छ झ्यालका लागि सिसा
र बोक्छ उज्यालोका लागि
मैनबत्तीको बाकस पनि
ओलम्पिकको तेज धावक झैं
राजमार्गमा दुर्गुछ ट्रक