स्वार्थ अनि पीडा जति भो जगतमा/ आचार्य प्रभा

स्वार्थ अनि पीडा जति भो जगतमा
यस्तै दुखद हाल कति भो जगतमा ।

छैन अब केही स्वच्छ यो संसारमा
हेर्दाहेर्दै अधोगति भो जगतमा ।

होडबाजी लुछाचुँडी पो चल्दा शायद
ओहो! कस्तो दुर्मति भो जगतमा ।

मान्छे सबै बनिरैछन् है लोभिपापी
यस्तै लोभले धेरै खति भो जगतमा ।

निस्वार्थ र निष्पापहरू खै! कँहा गए ?
स्वार्थ, पाप अधिपति भो जगतमा ।

Segments