Loading

सुदूरपश्चिममा साहित्यिक जागरण/ कपिल भट्ट

कपिल भट्ट,कैलाली, १२ बैशाख/ सुदूरपश्चिम साहित्य समाजले सुदूरपश्चिमको भाषा, साहित्य र पहिचानका लागि आगाम िजेठ ७ गतेबाट साहित्यिक जागरण राष्ट्रिय अभियानको थालनी गर्ने भएको छ ।

सुदूरपश्चिम नेपाली भाषा, साहित्य , लोकसाहित्य र जातीय संस्कृतिकै उद्गम स्थल भएको र यहाका सांस्कृतिक, ऐतिहासिक, पर्यटकिय स्थलहरुको प्रचारका लागि जागरण अभियान थालिन लागेको सुप साहित्य समाजका अध्यक्ष रामलाल जोशीले धनगढीमा पत्रकार सम्मेलनगरी बताउनुभयो ।

उहाले देश भित्र र बाहिर बस्ने नेपाली जातिहरुमा हाम्रा अमुल्य संस्कृतिको पहिचान र परिचय दिई अनुकरणीय र अनुसरणीय बनाउन सकेमात्रै हाम्रो संस्कृति र सभ्यता जीवन्त हुने बताउनुभयो ।

समाजले पर्यटन बर्ष २०११ लाई ध्यानमा राखेर आउूदो जेठ ७ गतेबाट धनगढीबाट शुरु गरी महेन्द्रनगर, नेपालजञ्ज, पोखरा, काठमाडौू, चितवन, विराटनगर, झापा र नेपाल बाहिर भारतका दाजिर्लिङ, सिक्किम र आसाममा जागरण अभियान गरिने जनाएको छ । यस क्षेत्रमा रहेका देउडा, हुड्केली, भुवा, सखिया, गमरा, छलिया जस्ता सांस्कृतिक र साहित्यक प्रस्तुतिहरु देशका मुख्य ठाउूहरुमा प्रदर्शन गरिने उहाले बताउनुभयो ।

झण्डै १५ दिनसम्मको सो अभियानमा साहित्यकार, कलाकार र पत्रकारगरी ४० जनाको सहभागिता रहने र यसका लागि अनुमानित पाूच लाखको खर्च लाग्ने आयोजकले जनाएको छ । अभियानले सुदूरपश्चिमको कला, संस्कृतिको पहिचान, जर्गेना र प्रचारप्रसार महत्पूर्ण भूमिका खेल्ने विश्वास आयोजकले गरेको छ ।

अभियानका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीलाई सुदूरपश्चिम क्षेत्रका सांस्कृतिक झाूकीहरु देखाएने र सुपमा सांस्कृतिक सङग्रहालयको माग समेत राख्ने अध्यक्ष जोशीले बताउनुभयो ।

उहाले सो क्रममा राष्ट्रपति र प्रधानमन्त्रीलाई यस क्षेत्रको विकासका लागि लेखक, कवि, कलाकार, पत्रकार, बौद्धिक समुदाय, नागरिक समाज आदिको सहभागितामा वृहत कार्यक्रम गरी सुपको साहित्य, कला, सांस्कृतिक झलकहरुका साथै आर्थिक, समाजिक, शैक्षिक, व्यवसायिक,प्राकृतिक, पर्यटकिय क्षेत्र सम्पन्नता र सम्भावनाको ध्यानाकार्षण गराइने समेत बताउनुभयो । 

Segments: 
Author: 

Comments