मलाई भिसा दिएन/राकेश कार्की

Author
Rakesh Karki

कहाँ पुग्यौ मायालु
निश्चित दिशा थिएन
सँगै जाउँ भनेथेँ
मलाई भिसा दिएन

आधा मुटु सँगाले 'नि
आधा मुटु दुख्छ
सम्झी-सम्झी कति रोउँ
आँसु थोरै हुन्छ
निरस भए आँखा
पुछ्दा चिसा थिएनन्
सँगै जाउँ भनेथेँ
मलाई भिसा दिएन

साथी भन्छन् छुट्टेर
मैले बस्न हुँदैन
कल्पी-कल्पी बैँस गयो
समय फर्किँदैन
चर्कियो किन छाती
फुट्ने सिसा थिएन
सँगै जाउँ भनेथेँ
मलाई भिसा दिएन

Segments