Loading

पाँच स्रष्टालाई वनिता

काठमाडौ, वैशाख ११/
वनिता साहित्यिक पत्रिकाको १३ औं वाषिर्कोत्सवमा आइतबार पाँच स्रष्टालाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । २०६७ को देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार रामबाबु सुवेदीलाई, व्यथित काव्य पुरस्कार विष्णुविभु घिमिरेलाई र वनिता बालप्रतिभा पुरस्कार ४ वषर्ीया प्रीतिसा केसीलाई प्रदान गरियो । पुरस्कारहरू क्रमशः १०/१० हजार रुपैयाँ र ५ हजार रुपैयाँका हुन्् । २०६७ कै नरेन्द्र चापागाईं स्मृति सम्मान रमा शर्मा तथा वनिताश्री भाषा सम्मान तामाङभाषी साहित्यकार सिर्जना गोलेलाई प्रदान गरियो ।

साहित्यकार कृष्णप्रसाद पराजुली, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती, वनिता प्रकाशनकी प्रमुख लक्ष्मी उप्रेती, समालोचक कुमार कोइरालालगायतले पुरस्कृत व्यक्तित्व तथा वनिताको योगदानबारे चर्चा गरेका थिए ।

[Source: Kantipur Dainik]

Segments: 

Comments