शान्ति र संविधानको लागि भक्तपुरे स्रष्टाहरूको आवाज

मे १८ भक्तपुर/ भक्तपुर साहित्यिक समाजको स्वर्णगजुर लोकार्पण तथा साहित्यिक रचना सुन्ने-सुनाउने कार्यक्रम सम्पन्न भएको छ । शान्ति र संविधानको लागि स्रष्टा आवाज भन्ने मूल नाराका साथ सुरु भएको सो कार्यक्रममा पागल यात्री,विमल प्रधान,विकास प्रहर,जितेन्द्र रसिक,अपु मञ्जरी, रञ्जिता थापा, मंगल लामा,मनोज तामाङ्,श् याम आशा,भावना सुवेदि,सरु श्रेष्ठ,आर डि अभागी,शुष्मा दाहाल,आशाकुमार चिकंवन्जार लगायत पचासौं स्रष्टाहरुले शान्ति र संविधानको पक्षमा गीत,गजल गाउनुका साथै व्यंग्य कविता,लघुकथा र विविध रचनाहरू वाचन गरेका थिए ।

सरस्वती श्रेष्ठ सरुको झ्याउँकिरी शीर्षकको कविताले सभापतिको आसन ग्रहण गरेको सो कार्यक्रम नौलो ढङ्गले सञ्चालन भएको थियो। विगतमा पनि २५ औं शृङखलासम्म घुमन्ते साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको सो संस्थाले एघार वर्ष पछि पछिल्लो समय फरक किसिमले दोस्रो भागको शृङ्खला अन्तर्गत दोस्रो  कार्यक्रम सञ्चालन गरेको सो समाजका अध्यक्ष प्रभाकर असिमले वताउनु भयो । सोहि समाजका कोषाध्यक्ष राजुराम मुनंकर्मीका अनुसार हरेक महिनाको अन्तिम शनिवार कार्यक्रमले निरन्तरता पाईरहने वताउनु भयो । संस्थाका सल्लाहकार काशिराम विरसका अनुसार सो समाजले विगतमा विभिन्न स्रष्टाहरुको ६ वटा कृति प्रकाशन गर्नुका साथै साहित्यमा योगदान पुर्याउने दर्जनौं स्रष्टाहरु सम्मानित भैसकेका छन् ।

विभिन्न उतारचढावका वावजुद पनि संस्थाले गतिविधिहरुलाई निरन्तरता दिईरहेकै कारण पनि सो समाज अन्य साहित्यिक संस्थाहरु भन्दा भिन्न रहेको संस्थाकै सदस्य हरिसुन्दर छुकाँले बताए ।  उक्त कार्यक्रममा भक्तपुर प्रतिनिधी गजल सङ्ग्रह र स्वर्णगजुर लघुकथा बिशेषाङ्क प्रकाशनको तयारी भैरहेको जानकारी प्रदान गरिएको थियो । तोकिएकै समयमा संविधान नबने सबै जनता र स्रष्टाहरुलाई जागरुक बनाउन सडक साहित्य गोष्ठी गरेर दल र नेताहरूलाई चेतावनी दिने सो समाजले जनाएको छ ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom