Author
सपूतले कर्तव्य त वल्ल आज चिने अरे ।
लुछाचुँडी गरी–गरी जति पायो लिने अरे ।।
मुद्दामाथि अझै अर्को चर्को मुद्दा थपिंदै छ ।
आफू आफैँ न्यायाधीश बनी मुद्दा छिने अरे ।।
बजारमा नाङ्गै हिंड्ने होडबाजी चलेको छ ।
लाज छोप्न लगौंटी नि अब नचाहिने अरे ।।
बिरामीको रोग सन्चो नहुने त कुरै छैन ।
सुसारेले औषधीको साटो कात्रो किने अरे ।।
देख्छु आज जल्ले पनि राँको बोकी हिंडेको छ ।
पालै पालो देशलाई दागबत्ती दिने अरे ।।
Segments
Language
- 13 views