Loading

दार्जीलिङ

- सञ्जय वान्तवा

दार्जीलिङ,
पीडाहरण भएको असाध्य घाउ लिएर
कोढीको खुट्टामा हिँडिरहेछ ।
परेको बेला कोढीको पनि पाउ मल्नु भन्छन्,
दार्जीलिङ टाइगरहिलको पखेरामा बसेर
कति माघ र पुसको पाप्रा उप्काइरहेछ ।
खटिरा र पसिनाको खाटाबाट
एकोहोरो चिलाउने असह्य संवेदना पुछिरहेछ ।
दुख्दैन झरिरहेको औँला
बझाउँदैन खसिरहेको अङ्ग ।
सतीदेवी झरिरहेछ यो घाउबाट
महादेव भत्किरहेछ मानौँ प्रतिपल यहाँ ।
कसको सराप पर्यो !

(बनारस हिन्दु विश्वविद्यालय, वाराणसी)

Segments: 

Comments