सम्झनाका छायाँहरू/ खगेन्द्र गिरी 'कोपिला'

Your rating: None Average: 2 (3 votes)

सम्झनाका छायाँहरू सम्झिर'न पाए पुग्यो
जूनकीरीझैँ अँधेरीमा चम्किर'न पाए पुग्यो

सँगालेर पीडाहरू अँगालेर खुसीहरू
हृदयको गोरेटोमा लम्किर'न पाए पुग्यो

मनको भाखा दिलको लय शब्दबाट पोखिएर
सुस्केरा र सुसेलीमा घन्किर'न पाए पुग्यो

कोट्याएर आफ्नै घाउ बल्झाएर आफ्नै व्यथा
परेलीमा कैलेकाहीँ छल्किर'न पाए पुग्यो

सम्झिएर हिमाल, पहाड सम्झिएर तराईं मधेस
नेपाली भै पटकपटक, जन्मिर'न पाए पुग्यो ।

[First published in Madhuparka monthly]

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.