Author
- बिन्द्या सुब्बा
तिमी उदास रहन्थ्यौ
म बालुवाको घर बनाउँथेँ
मनका फूलहरूले
फूलबारी सजाउँथेँ
जीवनको हात समाएर
जस्तै भएपनि दु:ख गर्थेँ
अचेल तिमी साह्रै खुसी छौ
असाध्य व्यस्त रहन्छौ
ईँटा र सिमेन्टले बनिएको
यो हाम्रो घरमा
सानो फूलबारी छेउको बाटोमा
आँगनमा
कोठामा
वर्षौँदेखि तर कसैलाई पर्खेर
उदास छु म ।
(दार्जीलिङ)
Segments
Language
- 14 views