Loading

रातो पासपोर्ट / डा. राजेन्द्र विमल

गजफै भयो ! दुई थान सक्कली सांसद्ज्यूहरू र दुई थान नक्कली सांसद्ज्यूहरूलाई खोरको शोभा यसरी बनाइयो, जसरी तामाभित्र हीरा हालेर बाँडाले औँठीको शोभा बढाइदिन्छ । राष्ट्रिय कारागारको चर्चित 'आइटम' बन्न पाउनु उहाँहरूका लागि जातीय गौरवको ऐतिहासिक उपलब्धि हो । जिन्दगीको एकएक छिन पनि मज्जाले काट्न साईबाबाको कृपा चाहिने हामी भोकानाङ्गा नेपालीहरूका लागि तात्तातो पाकमा झुरुमझुरुम गरी तयार पारिएका वफाउँदो जेरीजस्तो स्वादिलो ताजा समाचार हो ।

यी कुलगौरवहरू किन झ्यालखाना परे, यिनको भूत, वर्तमान, भविष्य के छ त्यो जान्नु पी.एच.डी.को विषय हो-होइन, त्यसबारेमा त्रि.वि., केन्द्रीय विभागका प्राध्यापकहरूमा विवाद छ तर इन्टरपोल, नेपाल प्रहरी वा नेपाल सरकारको मन्त्रिपरिषद्मा कुनै विवाद देखिएन ।

गएको माघ महिना दुई जना एम.पी.साहेब रातो पासपोर्ट अर्थात् कूटनीतिक राहदानी बोकेर युरोप र अमेरिकाको भ्रमणका लागि पुष्पक विमानबाट आकाश-मार्गतिर लागे । इत्तेहाद एयरलाइन्सबाट अस्टे््रलिया उडेकोमा उनीहरू अबुधाबी ट्रान्जिटमा समातिए । त्यहाँ रहेको अधिकारीलाई रातो पासपोर्ट देखाउँदा अधिकारी झस्कियो -मानौँ, त्यस रातो पासपोर्टभित्र रहेको गोमनको रातो जिब्रो ल्यापल्याप गर्दै थियो । उसले महान् राष्ट्रका महान् सभासद्लाई एकछिन नियाल्यो, यस्तो नियाल्नुका अभ्यस्त यी सांसद्हरू के अत्तालिन्थे ? अटल हिमालको देशमा अटल सांसद्को नक्कली नाउँ पनि अटल सिंह रहेको हुँदा उनी टल्नेबाला थिएनन् । त्यस्तै उनकी तथाकथित श्रीमती सांसद् कलियुगी देवी पनि कालोरूप धारण गरी उभिइन् । अधिकृत साह्रो स्वरमा बोल्यो-"मिस्तर अतल । हाम्लाई इन्तरपोलले खबर गरेको छ, तपाईंहरूको यो रातो पासपोर्त नक्कली रहेछ ।"

त्यस मान्छेले दुवै नक्कली सांसद्लाई डोर्‍याएर लिˆटतिर लगे । लिˆट दसौँ तल्लामा रोकियो, जहाँ एउटा धम्मरधुस, दाह्रीवाल मुसलमान घुम्ने मेचमा बसेको थियो । लग्ने हाकिमले अरबी भाषामा केके बोल्यो । दाह्रीवाल भुँडे हाकिमको अनुहार कठोर हुँदै गयो । उसले दुवै हात उचालेर मन्त्रजस्तै केही फलाक्न थाल्यो । संभवतः कुरआनपाकका आयतहरू थिए अथवा दरुदशरीफका हरफहरू, यी नेपालीहरूले बुझ्न सकेनन् । त्यसपछि मौलानाका जस्ता दाह्री भएको हाकिमले आफ्ना आग्नेय दृष्टि यी बबुरा, बेइमान नेपालीतिर प्रक्षेपित गरेर मेसिनगनबाट गोलीको बौछार गरेझैँ प्रश्नहरू वषर्ाउन थाले ।

"हजुरहरू यति महान् व्यक्ति भएर पनि यस्ता नक्कली, जालीफटाहा काममा संलग्न हुँदा सुहाउँदो काम भएन ।"

"जाली, फटाहा भएरै पो महान् बन्न पाइयो ।" -नक्कली अटलसिंह बनेका चौअनियाँले जवाफ दियो ।

"धत् Û यो के कुरा गरिबक्सेको ? फट्याइँ नगर्ने असली भगवान्हरू, महापुरुषहरू छैनन् ?" चेलोले गुरुलाई प्रश्न गरेझैँ हामिकले प्रश्न गर्‍यो ।

हाम्रो देशमा भगवान् भनाउँदा र महापुरुष भनाउँदाहरूको नक्कलीपन र द्वैध चरित्रको कुरा गरियो भने त दिन त्यसै बित्छ । लौ भैगो भगवान्को कुरा, तपाईंले असली मान्छे भेट्टाउनु भयो भने भन्नुहोला ।"-जहन्नुमी बेगमले जवाफ दिई ।

"किन ? आठ अर्ब मान्छेमा कोही असल छैन ?"

खै, मैले त कतै भेटिनँ । भित्रको मान्छे अर्कै र बाहिरको अर्कै बनेर, दिनभरि आफ्नै अनुहारलाई सयथरीको मखुण्डो बनाएर छिनछिनमा फेर्दै हिँड्ने मान्छेलाई तपाईं असली मान्छे भनेर पत्याउन सक्नुहुन्छ ?" नक्कली सांसद् सिंहले प्रतिप्रश्न गर्‍यो ।

"होइन यो हजुरको अलिकति नकारात्मक सोच हो । यस्तो सोचले नै हो संसार ग्याँसच्याम्बरमा परिणत भएको । संसारमा सकारात्मक सोच भएका मानिसहरू सधैँ रहेका छन्, रहने छन् र तिनकै सकारात्मकताले संसार बाँचेको छ । हाकिम आशावादी देखियो ।

"झूठ Û बिल्कुल झूठ Û संसार टिकाउने शक्ति छ ती व्यक्तित्वहरूमा जसको हातमा राजनीतिक शक्ति छ र ती सबै जाली, फटाहा, कपटी, स्वार्थी, षड्यन्त्री, हिंस्रक, अहङ्कारी, कामाशक्त र द्वैधचरित्रका हुन् । त्यसैले म त संसार नकारात्मक शक्तिमा बाँचेको देख्तछु ।" के सोचेर हो, चौअनियाँ एक्कासि हाँस्न पो थाल्यो ।

"हा....हा.....हा....हा....हा...Û अमेरिकासित शक्तिशाली बम छ भने चीनसित पनि छ । एउटाले हान्यो भने अर्कोले पनि हान्छ । अनि दुइटैमा मर्नुपर्छ भन्ने डर जबसम्म छ यो संसार बाँचिरहने छ । भय र आतङ्कमा बाँचेको अनौठो शक्ति सन्तुलनको यो संसार Û" चौअनियाँले चौअनियाँ मुस्कान दियो ।

"सिंह वनबाट सिंह विलुप्त हुँदै गएजस्तै मान्छेको जङ्गलबाट मान्छे विलुप्त हुँदै गएको यो संसार ।"-जहन्नुमी बेगम दुःखी देखिई ।

"जति ठूलो बेइमान त्यति महान् हुने यो

संसार Û......किसानहरू, मजदुरहरू, श्रमजीवीहरू कम बेइमानी गर्न पाउँछन् वा गर्न सक्छन्, त्यसैले ती सबभन्दा तल परेका छन् । मान्छेलाई उल्लु बनाई पछिपछि लगाएर मात्र होइन, कि त मारेर वा सहिद बन्न उल्काएर, उनको लासलाई कुल्ची सत्ताका सिंहासनमा बस्न सफल हुने नेताहरूकै हातमा मानव जातिको वर्तमान र भविष्य रहेको यो संसार ÛÛ"-चौअनियाँले खुइय्य सुस्केरा काड्यो । हाकिमले सोच्यो-"मान्छेमा सुन्दर संसारभित्र बाँच्ने आकाङ्क्षा उसको जिजीविषा बाँकी रहेछ, यसैले बँचाएर राख्छ संसारलाई । यो संसार त्यसै ध्वस्त हुँदैन । यो संसार सुन्दर अवश्य बन्ने छ ।" मनमा आशाका थुप्रै किरणहरू झुल्किए र ऊ जुरुक्क उठ्यो-"हस् त नक्कली सांसद्ज्यूहरू-दुवैथरी Û हजुर म पनि त कहाँ असली मान्छे हुँ र ? नक्कली व्यवस्थाको पङ्खामा नटभोल्ट भएर हामी फनफन्ती घुम्दै छौँ । यो व्यवस्थाले नै हो हाम्रो जीवनलाई नक्कली बनाएको । जीवनको घाम डाँडा काट्न लागेको बेलामा मेरो मनले भन्छ, हामी बदलियौँ भने व्यवस्था बदलिन्छ ।"

त्यसपछि फरिस्ताजस्ता देखिने त्यो ठूलो हाकिमले हुकुम गर्‍यो-"यी नक्कली नेपाली सांसद्हरूलाई असली सम्मानसाथ आफ्नो बुद्ध र जनकजस्ता महान् ऋषिमुनिको देशमा फर्काइदिनु । यिनका विषालु तर्कहरूले हाम्रा सन्तानलाई पनि एकैछिनमा भ्रष्टाचारी बनाइदिनसक्छन् । म यिनको विलक्षण नेपाली वाक्कलाबाट औधि प्रभावित छु र यस्तै तीक्ष्ण नकारात्मक बुद्धिले नेपाल उत्तरोत्तर उल्टो दिशामा भयङ्कर प्रगति गर्दै गएको तथ्यसित परिचित भएको छु । धन्यवाद ।

परिस्थितिको गम्भीरता हेर्दै विचरा नक्कली सांसद् चौअनियाँले सोच्यो-'त्यो मोरो इन्टरपोलको मान्छे पनि असली थियो कि नक्कली, के ठेगान ? हाम्रो शत्रु करमुद खान सञ्जालको मान्छे हुनसक्छ तर पनि अब लोप्रेकान लाएर नेपालै फर्किनुमा कल्याण छ ।

उनीहरू राति एउटा होटेलमा बसे र ती असली सांसद्लाई गाली गर्न थाले, जसलाई डेढडेढ करोड रुपियाँ तिरेर उनीहरूले यी कूटनीतिक राहदानी लिएका थिए । आफूहरू नक्कली राहदानी बोकेकोमा चिन्ता थिएन तर ठूलाठूला सूटकेसभित्र जुन नक्कली अफिम थियो त्यसको चिन्ताले रोमान्समा बाधा दिएको थियो । चौअनियाँ र जहन्नुमी चिठ्ठामा परेको रोमान्स गर्ने यो दुर्लभ मौका आँखीभौँ चुमुक्क पारी चिन्ता र तनाउमा गुमाउन चाहन्नथे । त्यसैले उसलाई यत्रतत्र-सर्वत्र कुत्कुत्याउँथे र भन्थे -"पासपोर्ट नक्कली, तस्करीको अफिम नक्कली र हामी लोग्नेस्वास्नी नै कहाँ सक्कली हौँ ? तँ कहाँकी, म

कहाँको ? तेरो असली नाउँ जहून्नमी बेगम, मेरो नाउँ चौअनियाँ यादव । तेरो नक्कली नाउँ कलियुगी देवी, मेरो नक्कली नाउँ अटल सिंह । त्यो डेढ करोड रुपियाँको कुरा पनि थाहै छ ।" यति भन्नासाथ दुवै मरीमरी हाँस्न थाले र रातभरि थकाइ नमारी फिस्टाफिस्टीको प्रणयलीला दोहोर्‍याइतेहेर्‍याइ रहे ।

नेपाल पुगेपछि परराष्ट्र सचिवले ती दुवै नक्कली दम्पतीलाई नक्कली पासपोर्टसहित समातेर ल्याउने आदेश दिए ।

सचिवले अलिक कड्केर सोध्यो-"तपाईंहरूले बोकेको राहदानीको फोटोकपिको फोटामा भएको अनुहार र कूटनीतिक राहदानी जारी हुँदा परराष्ट्र मन्त्रालयमा पेस गरेको फोटोको अनुहार मिल्छ ?"

"मिल्दैन Û"

"संविधानसभा परिचयपत्रको फोटोकपिको अनुहार र राहदानी लिँदा पेस गरेको फोटोको अनुहार मिल्छ ?"-सचिवले फेरि सोध्यो ।

"मिल्दैन Û"

"अनि ?"

"अनि के ? "उल्टै कठोर भए नक्कली दम्पत्ति ।

" तपाईंहरू जाली, किर्ते, नक्कली होइन ?"

" जुन दिन मेरो जन्म भयो त्यसदिन मेरो बुबाले खोटो चौअन्नी पाएका थिए । त्यसैले मेरो नाउँ चौअनियाँ भएको हो ।"

" तपाईहरू सांसद् हो ?"

"होइन Û"

" तपाईंहरू कोको हुनुहुन्छ ? कहाँकहाँको मान्छे हुनुहुन्छ ? आफ्नो पूरा हुलिया-ठेगाना बताउनुहोस्, नत्र...."सचिव राँको ओकल्दै थिए ।

" सुन्नुस्, हामी यहाँ फोकटमा केही गर्दैनौँ-क्याँट गन्छौँ, क्याँट ।"जहन्नुमीले नोट गनेको स्वाङ पारी ।

" म बङ्गलादेशमा जन्मिएँ । मोहम्मद कासिम मेरो अब्बाजानको नाउँ हो । पाकिस्तान-बंगलादेशको युद्ध हुँदा मेरा एक जना साथीका पिता जसको नाउँ मोहम्मद रोस्तम हो, यहाँ हाकिमलाई यही क्याँट गनेर यहाँको नागरिक भए । मलाई आफ्नी छोरी बनाएर उहाँले नागरिकता दिलाउनुभयो । अहिले मेरो खानदानै नेपाली भइसक्यो-मधेस आन्दोलनताक । जहन्नुमी एकछिन चूप लागी र फेरि प्वाक्क बोल्न थाली- "हामी तीन ठाउँका नागरिक हौँ-बंगलादेश, भारत र नेपाल । तीनै ठाउँमा तस्करीको धनले हामीले ठूलठूला उद्योगधन्दा चलाएका छौँ ।"

" केकेको उद्योग छ ?"

"तपाईलाई थाहा छैन ? नक्कली औषधि, नक्कली ड्रग्स, नक्कली रक्सी, नक्कली हीरा, पोखराज आदि पत्थरहरू, नक्कली जडीबुटी र रुद्राक्ष आदि कैयौँ उद्योग-व्यापारहरू देशभरि छ्याप्छ्याप्ती फिजाएका छौँ हामीले । तर त्यसै होइन, क्याँट तिरेर ।"

सचिव उसको निर्भीकताबाट प्रभावित हुँदै थियो । 'क्याँट-क्याँट' शब्दको उच्चारण धेरैपटक गर्दा, त्यस शब्दमा मन्त्रको प्रभाव आएको थियो । त्यो हिन्दू धर्मावलम्बी सचिव यस मन्त्रबाट सम्मोहित भयो । त्यसले क्याँटको प्रसङ्ग बढाउनै चाहेको थियो तर यति छिटो एउटी आइमाईको अगाडि नाङ्गिनु उचित लागेन । त्यसैले संयम भयो तर आइमाईहरू यस्ता कुरा गम्न खप्पिस हुन्छन् । त्यसैले उसले कारबाट घिसारेर ल्याएको एउटा स्यानो बोरा झिकी, त्यसभित्र रहेको क्याँट खोलेर देखाई र विनम्र स्वरमा बोली-"यो सरलाई उपहार Û"

" ठीक छ, ठीक छ"-सचिवले अहिलेसम्म गुरु, गंभीर बनिरहनु उचित ठान्यो- " यसलाई मेरो टेबलमुनि सार्दिनोस् ।"फेरि त्यो चौअनियाँ यादवतिर फर्कियो-

"तपाईंको पूरा परिचय ?"

"म.....म.....म ?"-एक्कासि चौअनियाँ यादवको रक्तचाप बढ्यो- "मलाई चिन्नुहुन्न ?" तपाइर्ंलाई थाहा छैन ? तपाईंको बी.ए.को नक्कली प्रमाणपत्र मैले बीस हजारमा बेचेको ? भन्दिऊँ ? भन्दिऊँ मिडियालाई

सबैकुरा ??"

सचिव गिड्गिडाउन थाल्यो- "यस्तो अन्याय नगरिदिनोस् सी.वाई.सर ।" आज म सचिव हुँ, त्यो तपाईंकै कृपाले । यो सोधपुछ त औपचारिकता मात्र हो, सर । के गर्ने ? जागिर खानलाई ।" वाक्य पूरा नगर्दै सचिव उठ्यो र चौअनियाँ यादवको खुट्टा छुन थाल्यो । चौअनियाँले फेरि भन्यो-"चूप लाग्नोस् डंगोलज्यू । यो देश नै नक्कली मान्छेहरूले चलाएको छ । तपाईंलाई थाहै छ, मेरो सिङ्गो जीवन नक्कली रहेको छ । क्याँट दिएँ, क्याँट लिएँ । कहिले बनारसको नक्कली नेपाली बाबा बनेर त्यहाँको एउटा मन्दिरको भए जतिको श्रीसम्पत्ति हात पारेँ । फेरि सबै बेचबाच पारेँ । सुपाडी लिएर मान्छे मार्न थालेँ । केन्द्रीय नेताहरूको बुथ कैपचरिङ मेरो गिरोहले ठेक्कामा लिन्थ्यो । कोठी चलाउँथ्यो र ठूलठूला उद्योगपति, नेता र विदेशी पर्यटकहरूलाई सप्लाई गर्थेँ । अनेक जुक्तिले अकूत सम्पत्ति आर्जन गरेको छु । मैले भण्डाफोर गरेँ भने नेपालका अनेक महान् हस्तीहरूका गोडामुनिका जमिन भासिन्छन् । लौ छोड्दिनुस् र मलाई मुक्त गरिदिनुहोस् । जहन्नुमीले ठीकै भनिन्-यो संसार अहिले दुई नम्बरको बाटो समाउनेहरूको हातमा छ । जुन दिन एक नम्बरको बाटोमा हिँड्नेहरूको हातमा आउनेछ, त्यसदिन हामी र हाम्रा सन्तानले फेरि सोच्ने बेला आउँछ । अहिले म सक्कली मान्छे भएर बाँच्न खोजेँ भने मेरै आपराधिक सञ्जालका मानिसहरूले मलाई गोली हानेर मार्छन् । अनि तपाइर्ंले आत्मपरिवर्तनको कुरा गर्नुभएको हो कि चोला परिवर्तनको ? चौअनियाँ पेट मिचिमिची हाँस्न थाल्यो ।"-हा.....हा.....हा....हा.....कसले गर्छ परिवर्तन ? संसारको सबभन्दा शक्तिशाली राष्ट्रको राष्ट्रपतिले ? मैले पी.एच.डी. गरेको हुँ । योग्यताअनुसारको जागिर नपाएपछि म दुई नम्बरको बाटोमा हिँड्न बाध्य भएको हुँ ।....मेरा...बा....मेरी....आमा.....मेरी बहिनी.....एकएक गरी सबै कसरी संसारबाट बिदा भए, म कसरी बिर्सुं ?" यति बोलिसकेपछि सी. वाई. सर. रुन थाले ।

सचिव अकमक्क पर्‍यो । आफूलाई समालिसकेपछि चौअनियाँ यादव फेरि बोल्न थाल्यो-"स-साना बच्चाहरूलाई देख्नुभएको होला ? स-साना दूधे बच्चाहरूसँगै खेल्छन् । एउटा हातमा चकलेट हुन्छ, अर्कोलाई पनि खाने इच्छा जाग्छ तर ऊसित हुँदैन । उसले माग्छ, दिएन भने ठगेर भए पनि, लछारपछार गरेर भए पनि खोस्न खोज्छ । भन्छौँ उसलाई बुद्धि छैन अहिले । ऊ ठूलो हुन्छ । उसलाई कुनै केटी मनपर्छ, अनि ऊ जिद्दी गर्छ-"आमा मलाई त्यही केटी चाहिन्छ । ऊ अझ ठूलो हुन्छ । देशमा राजनीतिज्ञ बन्छ, अनि जिद्दी गर्छ-'मलाई प्रधानमन्त्रीकै कुर्सी चाहिन्छ ।" त्यसका लागि रगतको खोलो बगाउन तयार हुन्छ । त्यसैगरी, अमेरिका, चीन, जापान, भारत वा अन्य कुनै शक्तिराष्ट्रको सर्वाधिक शक्तिशाली राष्ट्रपति वा प्रधानमन्त्री बन्छ र एउटा बच्चाले अर्को बच्चोसित चकलेट खोसेजस्तै अर्को देशका स्रोत-सम्पदा हात पार्न, तेलको खानी कब्जा गर्न, त्यस देशमाथि निर्ममतापूर्वक अविरल बम वषर्ा गर्छ । तपाईं नै भन्नोस, चकलेट खोस्ने त्यो बच्चोमा, मन्त्री वा प्रधानमन्त्रीको कुर्सी खोस्ने नेतामा वा तेलका लागि अथवा अन्य प्राकृतिक सम्पदाका लागि अर्को देशमाथि बम वषर्ा गर्ने शक्तिराष्ट्रका राष्ट्रपति वा प्रधानमन्त्रीमा के फरक

छ ? के यी सबै बच्चै होइनन् ? के यी सबै नक्कली जीवन बाँचिरहेका छैनन् ?"

सी.वाई.सर स्याँस्याँ गर्न थालेका थिए । डंगोल ढुङ्गाका मूर्तिझैँ स्तब्ध थिए । उनले विस्तारै घन्टी थिचे । कार्यालय सहयोगी आयो । उनले भने-"पानी" Û पानी आयो । सी.वाई.सरले खाए र पागलझैँ फेरि बोल्न थाले- " तपाईंका सभासद्हरूमध्ये एउटाले अर्कोलाई सभा भवनभित्रै चप्पल हान्छ, हत्याको आरोप लगाउँछ । यो भन्दा अगाडि सयौँ पटक राहदानी दुरूपयोगका मामिलाहरू आए र त्यसै गए । कुनै युवालाई प्रहरी निरीक्षक बनाइदिन्छु भन्ने प्रलोभन दिएर एकलाख रुपियाँ घुस लिइरहेकै अवस्थामा एउटा सभासद् रङ्गे हात पक्राउ पर्छ । प्रहरीको मस्ट वान्टेड सूचीमा परेका सांसद्हरू छाती फुकाएर संसद् भवनभित्र र बाहिर हिँड्छन् । संसद् भवनभित्र केही सांसद् दिनदहाडै बन्दुक लिएर प्रवेश गर्छन्, केही सांसद्हरू कोठीमा फेला पर्छन्, कोही आफूलाई राम्रो गाडी नपठाएकोमा प्रमुख जिल्ला अधिकारीलाई तिरिमिरिझ्याइँ देख्नेगरी थप्पड हान्छन् । कतिले चोरीको गाडी देखाइदेखाइ चढ्छन्, कतिपयहरू रुख तस्करी, चन्दन चस्करीमा लागेका छन् । संसद् भवनभित्र अर्थमन्त्रीलाई बजेट पेस गर्नै लागेको बेला लछारपछार गर्दै कुट्छन् । संविधान समितिको बैठक चलिरहदै गर्दा चौथो तल्लाबाट तल कुर्सी ˆयाक्छन्, यी तपाईंकै मातृभूमिका भाग्यविधाता कहलाउने । के यिनको चरित्र नक्कली

होइन ? लोक वा जनताले हराएकालाई समानुपातिक चुनाउलाई आधार बनाई प्रधानमन्त्रीसम्म बनाउने व्यवस्थालाई असली लोकतन्त्र भन्ने कि नक्कली ?"

जहन्नुमीयाले थपी-"फेरि जुन दलले काखी च्यापेर उसलाई प्रधानमन्त्री बनायो उसैले त्यस दलको खैरो खन्न थाल्यो । के यो सत्ताको फोहोरी खेल होइन ? लोकतन्त्रको असली खेल हो कि नक्कली ?"

जहन्नुमीले फेरि थपी-"सबैलाई क्याँट चाहिन्छ क्याँट । क्याँटले नै पावर आउँछ, पद आउँछ, प्रतिष्ठा आउँछ, ठूलठूला डिग्री आउँछ, सुख-सुविधाका सामान आउँछ । सबैको जरो हो क्याँट । .....बुझ्नुभयो सचिवज्यू । त्यसैको लागि सत्ता पाउन तँछाड-मछाड छ । असली-नक्कलीको चक्करमा नफस्नोस् । .....मातृभूमिका लागि आफू होइन, आफूहरूका लागि मातृभूमि चाहिन्छ ।

यो कुरा सुनेर सचिवलाई के भयो कुन्नि, रुन पो थाल्यो । बाहिर झमझम पानी पर्न थालेको थियो । त्यसैबेला पाँच जना प्रहरीले संसद् भवनबाट बाहिर निस्किनासाथ असली अटलसिंह र कलियुगी देवीलाई अदबसाथ लिएर आए । उनलाई सचिवले स-सम्मान कुर्सी दिए । अनि ठट्टा गर्ने मुडमा सी.वाई.सरलाई सोधे "होइन, सी.वाई.सर, यिनी असली अटलसिंह हुन् ?"

"कहाँको हुनु ? यिनी पटलसिंह हुन् ?" यिनको घर पनि बिहारमै छ । मधेस जागरण दलका अध्यक्षज्यूको कृपाले यिनी सभासद् छन् । यिनी सोह्रै आना नक्कली हुन् । अटलसिंह यिनका दाजु थिए, नेपालका नक्कली नागरिक ।

एम.ए.को नक्कली प्रमाणपत्रको भरमा दस जना युवासित नक्कली कलेज खोलेर नक्कली प्राध्यापक बनेका थिए । समानुपातिक तर्फका नाउँका सूची बनाउँदा तिनले अध्यक्षज्यूलाई बीस लाख रुपियाँ दिएका थिए तर ती मरे । उनको शैक्षिक प्रमाणपत्र र नागरिकता प्रमाणपत्र लिएर यी अटलसिंह बनेर मोज गर्दैछन् । तिनै अध्यक्षकी यी कलीयुगी देवी रखेल थिइन्, यिनी पनि समानुपातिकमै ....?"

अटलसिंहलाई झ्वाँक चल्यो । कराएर बोल्न थाल्यो-"सचिवज्यू, यो मोरो चौअनियाँलाई त मैले गोली हान्दा पनि पाप लाग्दैन । म फाँसीमा झुण्डिए पनि गम छैन ।" यति भनेर उसले नक्कली लाइसेन्स भएको पिस्तोल गोजीबाट झिक्यो । प्रहरीहरूले हात समाइहाले । "के भयो, के भयो अँ, सांसद्ज्यू ? ?" सचिव अत्तालिए । "सर, यसलाई मैले नक्कली रातो पासपोर्ट बनाउन दिएँ । यसले मलाई दिएको डेढ करोड नोट, सबै नक्कली ठहरिए ÛÛ"-सांसद्को यो कुरा सुनेर सचिवले आˆनो टेबुलमुनि रहेको उपहारको बोरातिर पुलुक्क चिहायो तर बोलेन । त्यत्तिकैमा सचिवलाई एउटा फोन आयो । उसले फोन उठायो र कुरा गर्न थाल्यो । उसको मुखबाट घरिघरि अत्तालिएको स्वर निस्किन्थ्यो-

"अँ ? अँ ?.....अरे, यो त अँधेरै भयो Û....लौ, लौ Û"

सचिवलाई चिटचिट पसिना आएको देखेर अटलसिंहले सोध्यो-"के भयो, सचिवज्यू ?"

"ब्याड न्यूज Û भेरी ब्याड न्यूज ÛÛ.....सर तपाईंले नक्कली राहदानीबाट जुन डेढ करोड पाउनुभएको थियो, त्यो त नक्कली थियो, तर अनेक छलबलले तपाईंले ती नोट बजारमा चलाउन सफल हुनुभएको बुझिन आयो । अनुसन्धान विभागको सूचनाअनुसार, ती नोटले तपाईंले जुन सिमेन्ट, गिट्टी, डण्डी किन्नु भयो र चारतले घर ठोक्नुभयो, ती सब नक्कली परेछन् । अहिलेको वषर्ामा तपाईंको त्यो महल गल्र्यामगुर्लम्म ढलेछ रे Û त्यसैमा कलयुगीज्यूका बालबच्चा पनि परे अरे ।"

त्यसपछि जहन्नुमीको फोन बज्यो......टि्रङ.... टि्रङ...... टि्रङ.....। फोन उठाई स्पिकर अन थियो-"हलो, हलो, म तेरो बाबा बोलेको, बङ्गलादेशबाट.....हलो......म मोहम्मद कासिम......तेरो बाबु......"

"हजुर, भन्नोस् बा ?"

"तैँले दिएको फोन नम्बर नक्कली रैछ । मैले सक्कली नम्बर तेरो साथीबाट बल्ल पाएर फोन गर्दैछु ।"

"ठीक छ अब्बाजान Û त्यहाँ कस्तो छ ।"

"ठीक छैन बेटा ।" उतातिरबाट बूढो आवाज आयो-"तरकारीमा हालेको मसला नक्कली परेर तेरी आमालाई फुडप्वाइजनिङ भयो, अस्पतालले ढुसी परेको नक्कली सलाइन चढाइदियो .....झण्डै खुस्केकी थिई । ऊ बेहोसीमा पनि छटपटाएको देखेर अब बाँच्तिन कि भनेर असहृय वेदना हुन थाल्यो । म सहन सक्तिन बेटा, उसको विछोड Û....अनि.....अनि" बूढोको आवाज निकै भावुक थियो-"अनि, अनि बेटा, मैले राति विष खाइदिएको त साले नक्कली पो परेछ, म र तेरी आमासँगै छौँ सदर अस्पतालमा । तँ आइजा Û"

खबर पाएकी जहन्नुमी रुन थाली । उसको रुवाइ रोकिएकै थिएन कि सम्मानित अन्तर्राष्ट्रिय व्यापारी चौअन्नीलाल यादवले खबर पाए-"आफ्नै कारखानामा तयार पारिएको नक्कली र विषालु जाँड खाएर उनको एक मात्र छोरो मरेछ र अहिले ढोका फोरेर मान्छेहरूले लास झिकेर आँगनमा राखेछन् ।

एकैछिनमा त्यहाँ चारै जनाको रुवाबासीले सचिवको कोठामा ठूलो खल्लीबल्ली मच्चियो । फेरि के भयो कुन्नि, चारैजना जर्‍याकजुरुक एकसाथ उठेर निस्किए र पागलझैँ सडकमा भाग्न थाले । सिंहदरबार अगाडि चार जना कुद्दै थिए र प्रहरीहरू हान्निएर उनीहरूलाई समात्न पछ्याउँदै थिए । विचराहरू, घर नपुग्दै समातिएछन् र परराष्ट्र मन्त्रालयको कडा आदेशले झ्यालखानाको शोभा बन्न पुगेछन् विचराहरू ÛÛ

मान्छेहरू नक्कली भए पनि झ्यालखाना भने असली थियो ।

Segments: 

Comments