Loading

सहमति / रमेश खकुरेल

सहमति हुनु राम्रो, छैन अर्को विकल्प
यति सहमतिबाटै ज्ञात भो निर्विकल्प
तर सहमति गर्ने साइतै आउँदैन
बरु सहमति तोड्ने यत्न बाँकी गरिन्न।

खति जति सब तेरो उब्जनी चाहिँ मेरो
अपजस जति तेरो तारिफै मात्र मेरो
तलतल तँ म मात्रै माथि बस्ने भएमा
सहमति गरुँ भत्रे भो सबैका मुखैमा ।

यदि धन घर गाडी पाउने हो मसौदा
सहमति छ सबैको राष्ट्रको खान चौटा
तर नियम बनाई चल्नु पर्ने भएमा
असहमति जनाई हान्दछन् घुच्चुकैमा ।

जति कलुष फटाहा ज्यानमारा र दुष्ट
पनि यदि धन खर्चे बन्छ बेदाग शिष्ट
धन र बल भएमा जे गरौँ क्षम्य हुन्छ
नियम अबललाई वीर जे खोज्छ लिन्छ ।

कलमधरहरूले जेसुकै लेखिराखुन्
पटर पट किताबी ज्ञान जो जे फलाकुन्
मर खस डुब भन्दै जोसुकैले सरापुन्
तर सहमति भत्रे पाश कोही नथापून् ।।

Segments: 

Comments