Loading

प्रेरणाको एक अनुपम शिखर: झमक/ जगदीश घिमिरे

झमक घिमिरेको हालै प्रकाशमा आएको पुस्तक ‘जीवन काँडा कि फूल’ प्रेरक–साहित्यको एक अनुपम शिखर हो ।

Jhamak Kumari Ghimire

जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुत्र र बुझ्न चाहीँ सक्ने झमकले यसमा आफ्नो जीवनको अत्यन्त मर्मस्पर्शी अनुभव लेखेकी छिन् । झमकको निष्कर्ष छ जीवन काँढा होइन फूल हो । यो पुस्तक प्रत्येक सबलांगका लागि हाँक हो भने प्रत्येक अशक्त र सशक्त समेतका लागि प्रेरणा–स्रोत हो ।

झमकको यो कृति नेपाली प्रेरक–सहित्यको मात्रै शिखर होइन, मैले हालसाल पढेका अमेरिकी प्रेरक–साहित्यका करिब एक दशक यताका बहुचर्चित ‘बेस्टसेलर’ हरू –– मिच एल्बमको ‘ट्यूजडेज विथ मौरी’ र र्यान्डी पौश र जेफरी ज्यास्लोको ‘दि लास्ट लेक्चर’ भन्दा पनि उचस्तरीय छ ।

‘ट्यूजडेज विथ मौरी’ अमेरिकाको एक प्रोफेसर मौरी श्वात्र्ज प्राणघातक स्नायुरोगले मर्न लागेको बेलाको कथा हो ।

मरणासत्र बूढो गुरू र जवान पत्रकार चेलाका बीच भएको वार्तालापको तानाबानाले बनेको यस पुस्तकमा जीवनका गहन अनुभव र ज्ञानका कुरा छन् । जीवन–सन्देश छन् । प्रेरक सहित्य छ । यो सानो पुस्तक २००१ सालमा अमेरिकामा सर्वाधिक बिक्रीको अग्रपंक्तिमा रह्यो । लाखौँलाख प्रति बिके । यसमा टेलिफिल्म बने ।

एक प्रतिष्ठित विश्वविद्यायालयको ४५ वर्षे प्रोफेरस ¥यान्डी पौशलाई सेप्टम्बर २००६ मा प्यान्कृयाज (पक्वाशय वा पाकन्थली) मा प्राणघातक क्यान्सर भएको थाहा भयो । उपलब्ध आघुनिकतम उपचार गरे पनि अगस्त २००७ मा उनलाई –– तीनदेखी छ महिनासम्म ‘राम्रो स्वास्थ’ रहने भनियो ।

अनि उनले आफ्नो विश्वविद्यायालयमा बाल्यकालीन सपना साँच्चै साकार पार्ने बिषयक अन्तिम र आशावादी प्रवचन दिए जसलाईपछि पत्रकार जेफरी ज्यास्लोसंग मिलेर ‘दि लास्ट लेक्चर’ नामक पुस्तकाकार दिए ।

अमेरिकामा डेढवर्षभन्दा बढी सर्वाधिक बिक्रीको सूचिमा रहेको ‘दि लास्ट लेक्चर’ का लाखौँ प्रति बिके । ¥यान्डी पौश रातारात विशाल अमेरिकाका एक सेलेब्रिटी भए । अनेक मान, सम्मान र पुरस्कार पाए । ओफ्रा विन्फ्रेको लगायत अनेक टेलिभिजन कार्यक्रम बने, प्रतिष्ठित कम्पनीले ¥यान्डीको जीवनमा फिल्म बनाएर उनैलाई अभिनय गर्न निम्त्याए, ¥यान्डीले गरे । अमेरिकाका छापालगायत सबै संचार माध्यमले ¥यान्डीको जीवन–सन्देशको ब्यापक प्रचार प्रसार गरे । ¥यान्डी २००८ मा विते ।

झमक नेपाल, नेपाली भाषा र साहित्यको गहना हुन् । सेलेब्रेटी हुन् । उनलाई जजसले माया र प्रोत्साहन गरेका छन्, ती सबै धन्य हुन्, खासगरि उनकी बहिनी मीना जसले शुरूका दिनमा उनलाई पढ्नलेख्न सहयोग गरिन् । उनले पुस्तकमा ती सबैलाई सम्झेकी छन् । झमकको त्यस्तो जटिल र संघर्षमय जीवनले जुन सन्देश दिएपनि, भाषा र साहित्यलाई जति योगदान गरेपनि हाम्रो सरकार, हाम्रा नागरिक संस्था, साहित्यिक संस्था वा संचार व्यवसायले उनलाई अपवादले बाहेक कसैले पनि खासै मूल्यांकन र प्रोत्साहन गर्लान् जस्तो लाग्दैन । त्यो दुर्भाग्य हो । तर यो पुस्तक पढ्ने र मर्म बुझ्ने पाठकले निसन्देह उनलाई माया, मान र प्रोत्साहन गर्नेछन् ।

चार वर्षअघि मलाई मल्टिपल माइलोमा भत्रे क्यान्सर लागेको थाहा भयो । डाक्टरले जीवनको म्याद तोके । उपचारको व्रmममा अस्पतालमा मैले ‘अन्तर्मनको यात्रा’ लेखेँ । प्रकाशित भएपछि पुरस्कारहरू पायो, प्रेरक–साहित्यका रूपका राम्रै चर्चा पायो र वर्षौ ‘बेस्टसलर’ पनि रह्यो ।

झमकको बाहेक माथि चर्चा गरिएका तीनैवटा पुस्तकका नायकहरू सबलाङ्ग हुन् । औकात र अवसर अनुसार राम्रो स्कूल, कलेज र विश्वविद्यायालयका शिक्षाका अवसर पाएका । गुरू र मेन्टोरहरू पाएका । संसार डुलेका । सफल व्यावसायिक जीवन यापन गरेका । चाहेका किताब पढ्न पाएका । रोजेको संगत पाएका । घातक रोगले प्रहार गर्नुअधिसम्म आप्mना सबै इन्द्रियहरूको उपयोग गर्न पाएका । उनीहरूका ती पुस्तकहरू त्यसबेला लेखिए जब तिनका नायकहरूले अप्रत्याशित रूपमा ऐनामा आफ्नो प्रतिविम्बमा कालको अनुहार देखे । अमेरिकी पुस्तकहरू त खारिएका व्यवसायी पत्रकारहरुले लेखेका हुन् । दुई अमेरिकी नायकहरू विती सके । म कालको तारिख धान्दै छु ।

तर झमकले ऐनामा आफ्नो प्रतिविम्बको रूपमा कालको अनुहार देखेर यो पुस्तक लेखेको होइन । तापनि उनको जीवनको अनुभव, आत्मानुभूति र यस पुस्तकमा त्यसको अभिव्यक्ति माथिका तीनैवटा ‘बेस्टसेलर’ पुस्तकहरूभन्दा उच्च छ । किनभने उनको जीवनको संघर्ष हामी तिनै जनाको भन्दा उच्च छ । झमकका यस पुस्तकका प्रत्येक शव्द उनको जीवनको गहिरो आत्मानुभूतिका उपज हुन् ।

लुला हात गोडा र विकलांग शरीर लिएर ‘कति छाक भोकभोकै बस्ने परिवार’ मा जन्मेकी झमकलाई जन्मने वित्तिकै स्वजनले ‘मुर्कुट्टा’ भने । दशैँमा टीका लाएर उनलाई ‘चाँडै मरेस्’ भत्रे आसिक दिए । उनले कुनै पाठशाला र गुरूबाट सिक्न पाइनन् । सिक्न खोज्दा ‘तैले सिकेर के गर्छेस् ?’ भने । गोडाको बुढी औँलाले छर्छरी रगत निकाल्दै भुईमा कपुरी क लेख्दा भुँई भत्काई भनेर गाली गरे । गोलले लेख्दा ‘रिन लाग्छ’ भनेर गाली खाइन् । अरू बालकहरू पढेनन् भने कुटाई खान्छन् । उनी पढी भनेर कुटाई खान्थिन् । कापीकलम माग्दा कुटाई खाइन् । उनको ‘कैलेकाहीँ ओठमा उम्रिएको हाँसो पनि ‘धेरै नहाँस्’ भत्रे आदेशमा विलाउँथ्यो । जोखाना हेर्नेले सन्तान पिर्छे भने । मान्छेले उनलाई अलच्छिनि भनेर बाटो छले । पाँच वर्षको हुँदा भात खुवाइ दिने बजू मरेपछि गोडाका औँलाले मुछेर भात खान थालिन् । आफैले विस्टा पुछ्ने प्रयत्नमा विस्टामा लटपटिन्थिन् । भोकै, प्यासै, नांगै, अधिकांश एकाकीपनमा हुर्की सकेपछि नौ–दश वर्षको हुँदा घर बनाउन आएका सिकर्मी डकर्मीबाट फाटेको लुगाबाट देखिने गुप्तांगमा ताकेर ढुंगाका मसिना गिर्खाले हानिमागेर र कुरी कुरी भनेर गरेको यौन शोषण सहने जस्ता अनेक आपद विपत सँहदै उनी हुर्किन् ।

उनलाई कसैले अक्षर सिकाएन, बहिनीलाई पढाएको सुनेर सिकिन् । बहिनी पढिरहेको, लेखिरहेको जाँदा ‘डिस्टर्ब भयो’ भनेर हप्काउँथे र उनले परै बस्नु पथ्र्यो ।

उनी लेख्छिन् –– ‘बाबाले बहिनीका औँला समातेर अक्षर लेख्न सिकाएजस्तै मलाई पनि सिकादिए कस्तो जाती हुन्थ्यो भत्रे लाग्थ्यो । तर मलाई सिकाइदिनु त परै जावोस् पर बसेको हेरेको देखेर भत्रे गर्थे –– ‘तँ जान्दिनस् के हेर्छेस् तैँले जानेर पनि के गर्नु ?’ ..... म संग भोक थियो, तर भोक लाग्यो भत्रे आवाज थिएन, प्यास थियो तर त्यसलाई व्यक्त गर्ने कुनै माध्यम थिएन । ..... जिन्दगी जसोतसो घिस्रीरह्यो ..... भोक थियो तर भोक लाग्यो भत्रे शव्द वा संकेत थिएन, म प्याक्क मुख बाइदिन थालेँ । प्यास लाग्दा पानीको गाग्रो देखाउँथे, दिसा पिसाब लाग्दा गुप्तांग देखाउँथे, कुनै कुरामा विमती जनाउन खुट्टा हल्लाउँथेँ । ..... जब घाम डाँडामाथि आउँथ्यो त्यो के होला भनेर हेरिरहन्थेँ । मान्छेहरू भन्थे –– ऊ हेर घाम डाँडामाथि आइसकक्यो । अनि म त्यो डाँडामाथिको घाम रहेछ भन्थेँ । त्यसलाई हेरेर भुँइमा सिन्काले लेख्थेँ ––‘घाम’ । जब रात पथ्र्यो मान्छे भन्थे ––‘रात परेपछि केही पनि देखिँदैन ।’ म त्यो रात रहेछ भनेर छक्क परेर हेरि रहन्थे र सिकुवामा औँलाले लेख्थेँ –– ‘रात’ । ..... ममा पनि आम बालबालिकाहरूको जस्तै हिँडेर परपरसम्म पुग्ने चाहना थियो । तर गोडाले भर दिएनन् । त्यसैले म घस्रिन थालेँ । घस्रिएर दुइचार हात टाढा पुगे पनि मलाई नयाँ देश पुगे झैँ रमाइलो लाग्थ्यो । ..... अलिपर पुगेर नयाँ झारपात देख्नु, बटुल्नु, चुँड्नु मेरा लागि नौला कुरा हुन्थे । त्यसभन्दा परको संसार देखेकी थिइन ।’

आगोको फिलुङ्गो पोलेर आमाले ‘आत्था’ भनेको सुनिन् । आत्था भनेको के रहेछ भनेर आफैले आगो समातिन्, अनि बुझिन् पोल्दा ‘आत्था’ भनिँदो रहेछ ।

यसरी मरिमेटेर र यस्ता अनेक परीक्षाहरूबाट उत्तीर्ण भएर अक्षर बुझिन्, शब्द बुझिन्, अर्थ बुझिन्, भाव बुझिन्, शब्द जोडेर बाक्य लेखिन् र वाक्यको अर्थ लगाइन् । भुईँमा, शीतको थोपाले ढुंगामा, भात खाने थालमा गोडाको औलाले लेख्ने अभ्यास गरिन् । प्रत्येक अभ्यासमा गाली वा कुटाई खाइन् । भुई कोरेर फोहोर पारी भनेर, शीत खेलाएर र छिटो भात नखाएर बदमासी गरी भनेर र गोलले लेखेर रिन लगाई भनेर । अनि लेखक भइन् । यस्तो किताब लेखिन् । झमकले यस पुस्तकमा लेखेका प्रत्येक शव्द अनुभवको आरनमा खारिएर निस्केका इस्पातका टुक्रा हुन् ।

उनी लेख्छिन् –– ‘मैले भुईँ पनि धेरै कोरेँ, शीतका थोपा पनि रित्याएँ, आप्mना कलिला औँलाका छाला पटक पटक उप्काएँ र रगत पनि छरछरी बग्यो । ..... मान्छेहरू शीतलाई जूनको आँसु भन्छन्, मैले त्यही आँसुले अक्षर लेखेर जिन्दगीको नयाँ रंग भरेँछु, नयाँ खाका कोरेँछु ।’

झमक आप्mना सबै काम गोडाका औलाको भरमा गर्छिन् –– खाने, दाँत मल्ने, लेख्ने आदि । मलाई यो पुस्तक नपढुन्जेल झमकले गोडाको औँलाले किताब लेख्छिन् भत्रे कुरा चमत्कार लागेको थियो । तर त्यसभन्दा ठूलो चमत्कार हो –– उनले कसरी अक्षर सिकिन्, शव्द सिकिन्, अर्थ सिकिन्, भाव सिकिन्, व्याकरण सिकिन्, शब्दभन्डार बनाइन, अभिव्यक्ति सिकिन् र सफल लेखक भइन । अनि सबै कुराले सम्पत्र आजका नेपाली लेखकहरू मात्र होइन, संसारको कुनै पनि भाषाको लेखकका लाममा अग्रपंक्तिमा उभिन समर्थ भइन् । आज उनले यस पुस्तक मार्फत आफैले आर्जन गरेको उपलव्घि हो र सानोतिनो होइन । उनका अगाीड हामी कति जना एक किसिमले ‘सबै कुराले सम्पत्र’ सबलांग लेखकहरू लधुमानव भएका छौँ ।

करिब अट्ठाइस वर्षको उमेरमा यत्तिको किताब लेखिन् जुन् संभवतः उनको जस्तो अवस्थाको कुनै पनि व्यक्तिले लेख्नु भनेको चमत्कार हो । झमक प्रेरक–सहित्यको लेखकका रूपमा नेपाली भाषा रहेसम्म अमर रहने छन् ।

उनको संघर्ष, आँट, अठोट, सिक्ने र गर्ने क्षमता प्रत्येक मान्छेको लागि प्रेरणास्पद छ ।

झमक प्रगतिकामी र अग्रगामी परिवर्तनको पक्षधर हन् । उनी रानीलाई भेट्न र आफूलाई प्रदर्शन गरेर सहयोग माग्न इन्कार गर्ने स्वाभीमानी हुन् । त्यसैले शाही सरकारले उनको महिनावारी एक हजार रुपियाको भत्ता बन्द समेत गर्यो ।

झमकमा अग्रगामी युगीन चेतना छ । उनले नेपालको लामो द्वन्दका घाउहरू छामेकी छन् । सुराकी भनेर माओवादीले दुवै खुट्टा र एक हात काटेका नेपाली कांग्रेसका कार्यकर्ता भेटेर उनी भन्छिन् –– ‘मान्छेले गरिखाने शरीरमाथि एउटा पक्षले मात्र होइन, दुवै पक्षले निर्दयी र नृशंस पाराले खेले । ..... मान्छे मर्नु र कीरा फटेङ्ग्रा एउटै कुरो जस्तो भयो ..... गणतन्त्रको अर्थ यही हो त ?’

 

धनकुटाकी तिस वर्षे झमकलाई मैले देखेभेटेको छैन । उनले मलाई उनका पुस्तकहरू पठाएकी छन् र मैले उनलाई मेरा । पुस्तकहरू मार्फत् हाम्रो संवाद भएको छ ।

स्टेम–सेल ट्रान्सप्लान्टपछि दुई वर्षसम्म रेमिशनमा रहेको (दबेर बिसेक जस्तै भएको) क्यान्सर बल्झेर गत पूसमा म सिकिस्त भएको समाचार छापिएको थियो । उनले मोबाइल सम्वाद पठाइन् ––‘दादा, तपाईलाई अहिले कस्तो छ ?’

म त्यसबेला छातीको संक्रमणले गर्दा सघन उपचार र बेडरेस्टमा थिएँ । त्यसमाथि लगातारका किमोउपचारबाट वाक्कदिक्क भएको थिएँ र निराशाजनक जवाफ दिएँ ।

उनले मलाई हाँक दिएर फेरि संवाद पठाइन् –– ‘मेरो जस्तो अवस्थामा पनि म निराश छैन, तपाई किन निराश हुने ?’

झमक, म तिमी प्रति नतमस्तक छु ।

॰[कान्तिपुर दैनिकमा प्रथम पटक प्रकाशित]

Comments