प्रेमको घाउ लाग्यो भने अप्रेमहरूले भर्ने नगर/ सरुभक्त

Author

प्रेमको घाउ लाग्यो भने अप्रेमहरूले भर्ने नगर 

दुर्भाग्यको खोलालाई नसकी-नसकी कहिल्यै तर्ने नगर 

प्रेम-प्रेम हो, मनको कुनै कमजोरी होइन 

त्यसैले बाँच्न छोडी जिन्दगीमा छिनछिनमा मर्ने नगर  

Segments