Loading

प्रवासीको दशै / आचार्य प्रभा

उता घर, आँगनमा 

दशैंको जमरामा 

सरर हावा बयेली खेल्दै 

मनोरम उच्छवासको 

आनन्द लिँदै होला 

यता प्रवासी मन 

बिगतका दशैहरु 

सम्झँदै भक्कानिन्छ 

बेस्सरी।

निधारभरि मान्यजनहरुका 

आशिषसरिका 

चामल टिको र दुबो,जमरा 

नैराश्यका धमिला पानाहरु 

बनेर छताछुल्ल 

आँखाभरि पोखिन्छन्

केवल सम्झना र चाहनाहरु 

पानी बनाई बगाउनु सिवाय 

अरु के, नै, पो

बिकल्प छ र ?

गाउँघरमा मादल, मालश्री धूनहरु 

बज्दै होलान्। 

सयपत्री र गोदावरीहरु पनि 

आ-आफ्ना रूप र बैंशको 

होड्मा झुल्दै होलान् 

समय रंगिन क्षितिजमा 

रंगिएर सुनौलो रङमा 

पोखिँदै होला । 

आफन्तजनको भेट्घाटको 

क्रम सुस्तरी चल्दै होलान् 

घर, आङन लिप्नमा 

छोरी, बुहारी ब्यस्त होलान् 

लालाबालाहरु आँगनभरी 

दशैको रमझममा उफ्रँदै, कुद्दै 

होलान् ,

बडाजनहरु दशै खर्च 

जोहो गर्नमा मस्त होलान् 

तर..., 

यता प्रवासी मनहरु भने 

केवल सम्झना,कल्पनामा 

हर प्रहर बिताउँदै 

उही पुराना दशैकै द्रिष्यहरु 

आँखाभरी पालेर 

क्यालेन्डर पल्टाइेरहेछन् 

घर, आँगनका रमाइेला 

तस्बिरहरु मनमा 

सजाई रहेछन् । 

 

रचना - सेप्टेम्बर/ १९/ १३, अमेरिका

Segments: 

Comments