Loading

मर्न देऊ, पोर्नोग्राफी बचाऊ / खगेन्द्र संग्रौला

Khagendra Sangraulaम मृत लेखक बिहान आँखा मिच्दै र हाई काड्दै उठे"। यसो हेर्छु त पि"डीको टेबुलमा एउटा लिखित कागत छ। कागतको शिरमा 'प्रतिक्रिया' लेखिएको छ। म झस्के"। चालु अधोमुखी राजनीतिमा अर्काका वचनमाथि प्रतिक्रिया मात्र गर्ने प्रतिक्रियावादीहरूको बिगबिगी छ। अहो † मेरो टेबुलमा रातिबीच कुन प्रतिक्रियावादी आइलागेछ? तर बुझ्न खोज्दा कुराको भित्री तत्व अर्कै रहेछ। त्यो त जगदीश घिमिरेद्वारा 'क्रान्तिकारी' संज्ञाले विभूषित 'खेलौना'का सृष्टिकर्ता राजेन्द्र थापाको प्रतिक्रिया पो रहेछ।

प्रतिक्रिया शिरदेखि पुछारसम्म सर्सरी पढेँ। राजेन्द्र थापाले आफ्नो अनुपम प्रतिभा, आफ्नो अद्वितीय कृति, आफ्नो सहस्र प्रशंसा र आफ्नो प्रिय पोर्नोग्राफीको सौन्दर्यशास्त्रमा प्रकाश पारेका रहेछन्। झर्झराउँदो प्रकाशले मेरा आँखा तिरिमिरी भए। डर लाग्यो, म मृतकले यी जीवितको प्रतिक्रियामाथि के प्रतिक्रिया गर्नु? तै पनि निम्नस्तरीय थाङ्ने गनगन छाडेर उच्चस्तरीय थाङ्ने गनगनबारे म एकाध प्रतिक्रिया गर्छु। यो प्रतिक्रिया लेख्दा जानअन्जान राजेन्द्र थापाको पोर्नोग्राफी पथ पछ्याउन खोज्ने प्रतिभाहरूलाई म सम्भि्करहेछु।

अचेल एकथरी भुइँफुट्टा लेखक र कतिपय रातारात मालामाल हुन खोज्ने द्रव्यपिचाशी प्रकाशक पाठकगणलाई ठग्ने धन्दामा लिट्टी कसेर लागिपरेका छन्। ती गोप्य दूलोमा खुसुखुसु चोचोमोचो गर्छन्। अनि जाली कथा रच्छन्। जाली कथामा प्रकाशकले लेखकलाई अग्रिम तीन-चार लाख रुपिया" दिन्छ। यो तीन-चार लाखको हल्लाले पाठकगणलाई दिग्भ्रमित तुल्याउँछ। पहिल्यै तीन-चार लाखको थैलो पाउने कृति कस्तो होला? त्यसबाट त अमृतरसको वर्षा पो होला कि? भ्रान्तिकारी सम्मोहनबाट वशीभूत पाठक खाई नखाई चोट्टा अन्तरेको चुत्थो पुस्तक किन्छ। अनि वायु वेगमा यति हजार र उति हजार बिक्यो भन्ने अर्को जाली कथा कथिन्छ। जाली कथामा लेखक अरु लाखौँ रकम कुम्ल्याउँदै जान्छ। कुन्नि, राजेन्द्र थापाको लाख-लाखको कथाको अन्तर्यमा पनि यस्तै छलकारी ठगवृत्ति पो लुकिबसेको छ कि !

बुद्धिजीवी नामक जीवहरू अस्तित्वमा रहनु राजेन्द्र थापाको दुःख हो। तर यो दुःखको सामना गर्न उनी सशक्त छन्। र नै उनी भन्छन्- बुद्धिजीवीले आलोचना गरेर के नापिन्छ? आम जनता खोजीखोजी पढिरहेकै छन्। कुरा ठीक हो। म मृतक पनि भन्छु, बुद्धिजीवी भनिने हरि अधिकरी, अनमोलमणि, रामेश्वर बोहरा आदि इत्यादि नवीन युगको देदीप्यमान् सूर्यसरहका राजेन्द्र थापाका मुखेन्जी मिति गुजि्रएका ओखतीजस्ता लेखक हुन्। ती पाषाण युगका हन्, राजेन्द्र सुवर्ण युगका। 'खेलौना'जस्तो अनमोलको माल पाएर ती नाथेहरू चालै पाउ"दैनन्। पोर्नोग्राफीको रसको महत्ता नबुझ्ने अरसिकहरूले 'खेलौना'जस्तो रसभरि चमचमको तारिफ गर्न कसरी पो जानुन् र?

मुक्त कण्ठले आत्मरति गर्ने धन्दामा राजेन्द्र थापा अति उदार रहेछन्। उनको आत्मरति सुन्दा लाग्छ, सिंगो देशका नरनारीहरू सात काम छाडेर उनको पोर्नोग्राफीमा लिप्त भएका छन्। त्यसैले त उनी धक्कु लाउ"छन्- 'अखबारमा प्रवेश नपाउने प्राडाहरू, शिक्षकहरू, बैंकरहरू, पत्रकारहरू, उद्योगपतिहरू, साहित्यकारहरू, कर्मचारीहरू, डाक्टरहरू, इन्जिनियरहरू, न्यायाधीश र वकिलहरू, नेता र कार्यकर्ताहरू तथा कलेज युनिभर्सिटीका विद्यार्थीहरूबाट म नियमित तारिफ पाउ"छु।' तारिफ गर्नेहरूको यो लामबन्दी देख्दा लाग्छ, मुलुकै राजेन्द्रकृत पोर्नोग्राफीपथका पछि लागिसक्यो। यतिका जन तारिफको लाममा उभिएपछि नाथे हरि अधिकारी, अनमोलमणि, रामेश्वर बोहरा आदि इत्यादिको आलोचनाको के अर्थ? यी त केवल तारिफको महासागरको दूर किनारका पानीका थोपा हुन्। यी नगण्य, स्वत्वशून्य र अर्थहीन जीव हुन्। आत्म-प्रशंसाको अन्तहीन कथा राजेन्द्रले कथ्ने र सुनाउने अनि अरुले चुपचाप पत्याउने हो। नपत्याए अति दुर्लभ मालको मूल्य नबुझ्ने लठ्ठक भनेर तिनले फत्तुर लगाइहाल्छन्। पाठकले 'खेलौना' राजेन्द्र थापाका आ"खाले पढिदिनुपर्छ, उनकै इच्छाअनुरुप बुझिदिनुपर्छ र उनकै तृष्णाअनुरुप तारिफ गरिदिनुपर्छ। जो यसो गर्दैन त्यो मूर्ख हो। उनलाई मनपर्ने चीज प्रशंसा, प्रशंसा र फेरि पनि प्रशंसा हो। त्यसैले उनी आफ्नो शिरमाथि आफै" प्रशंसाको वर्षा गर्छन्। बाफ रे, उनका महिलाहरूको प्रशंसाको ओइरो ! अहो ! त्यो ओइरोसँग चेरापुन्जीको पानीको वर्षाको के दा"जो? मलाई डर छ, महिलाहरूको प्रशंसाको चाङले थिचिएर युगान्तकारी प्रतिभा राजेन्द्र थापाको प्राण पखेरु नै उड्ने पो हो कि !

म मृत लेखक अबुझ हुँ, यो खसोखास सत्य हो। राजेन्द्र थापाका शब्दमा म 'बाहुनवादी, पुरुषवादी, वामपन्थी' रहेछु। मृतक भएपछि बल्ल थाहा पाएँ। यिनै 'वादी' र 'पन्थी'का पर्खालहरूले छेकेर म उनको 'खेलौना'को चमक देख्न सक्दो रहेनछु। सशक्त राजेन्द्रले बबुरो म अशक्तका आँखा खोलिदिए। तर दुर्भाग्यवश, मृत्युपछि खुलेका आ"खाले 'खेलौना'को महत्ता देख्न र बुझ्न म असमर्थ छु। मलाई आफ्नो पूर्व जुनीका आ"खाको झल्झली सम्झना भइरहन्छ। ती बासी आँखाले म राजेन्द्रको 'खेलौना'मा पोर्नोग्राफी सिबाय केही देख्दिनँ। राजेन्द्रजस्तो राजनीतिमुक्त, शुद्ध, चोखो, कञ्चन र फटिक पोर्नोग्राफीकार बन्न नसकेकोमा म अत्यन्तै दुःखी छु।

थिम नचाहिने 'पत्रकारी साहित्य' पनि हु"दो रहेछ। मेरो थिमविहीन र अर्थहीन 'पत्रकारी साहित्य'बारे राजेन्द्रले मलाई बुझाए। उनको अपत्रकारी एवं गहन साहित्यलाई भने थिम चाहि"दो रहेछ। उनले मलाई सिकाए। उनको थिम रहेछ 'पुरुष गिदीमा महिला योनि'को उपस्थिति। हेर्नुस्त दृष्टिको कस्तो तीक्ष्णता, अनुभूतिको क्या सूक्ष्मता, संवेदनाको क्या लचकता ! तब न यस युगका विरल पोर्नोग्राफीकार राजेन्द्र थापा ! तब न उनको अब्बल सिर्जना 'खेलौना' !

मुलुकको जनसंख्या छिट्छिटो बढ्दो छ, नाम भने जत्तिका तत्ति छन्। पुग्दो नाम नहुनाले गर्दा कमलमणि नामका हजारौँ मानव नेपालमा होलान्। कुनै कमलमणिले धेरै वर्षपछि 'खेलौना' पूरा पढेछन्। र, राजेन्द्रका नजरमा यो पठन 'खेलौना'को श्रेष्ठताको दह्रो दसी हुन गएछ। यो जाज्वल्यमान् पोर्नोग्राफी त्यसरी पढिसक्ने रसपारखी कमलमणि को होलान्? कमलमणि दीक्षिति त नहोलान् नै। आफ्नो कृतिको उच्चतम गुणवत्ताको महात्म्य गाउँदै जाँदा 'खेलौना'ले त्रिविमा उच्च दर्जा पाएको कथा सुनाउन पनि राजेन्द्रले भ्याएछन्। म मृत लेखक भन्छु, यो नाथे दर्जा केही होइन। शब्द संसारमा एक्काइसौँ शताब्दी निःसन्देह पोर्नोग्राफीको युग हुनेछ। यस पोर्ने युगमा 'खेलौना' 'गीता', 'बाइबल' र 'कुरान' तीनोटैको सट्टाभर्ना हुन कत्ति बेर छैन !

पोर्नोपन्थी राजेन्द्र थापाको सौन्दर्यशास्त्रीय दृष्टिमा खास्साको नवीनता छ। उनका प्रखर दृष्टिमा साहित्य-कलामा एरिस्टोटलको मान्यता अब थोत्रियो। उसो त क्रोचेदेखि टीएस एलिएटसम्म, फ्रेडरिख एंगेल्सदेखि प्लेखानोभसम्म, क्रिस्टोफर कडबेलदेखि लियोन त्रातस्कीसम्म र गोर्कीदेखि ब्रेख्तसम्मका सबै सौन्दर्य चिन्तकहरू अब पत्रु भए। ओजस्वी र तेजस्वी चिन्तक र अन्वेषक राजेन्द्र थापाका अगाडि अभि सुवेदी र निनु चापाईंका त झन् के कुरा गर्नु ! मानक भञ्जक राजेन्द्र थापाको सौन्दर्य चिन्तनलाई सरल भाषामा यसरी व्यक्त गर्न सकिन्छ। उनी सेफ्टी ट्यांकमा घोचो घुसारेर हुँडल्छन् र वायुमण्डलभरि पोर्नोग्राफीय सुवास फैलाउँछन्। उनी यसैलाई यथार्थको प्रस्टाप्रस्टी प्रतिबिम्बन मान्छन्। उनी यसैलाई नवीन युगको मौलिक आख्यान मान्छन्। उनी यसैमा श्लीलता, शालीनता र मर्यादा देख्छन्।

विनयशीलता साथ म स्वीकार गर्छु, हरि अधिकारी, अनमोलमणि, रामेश्वर बोहरा र मजस्ता मृत लेखकहरूका लागि राजेन्द्र थापा एक महान् गुरु हुन्। उनी हाम्रा प्रवोधित दृष्टिदाता हुन्। उनी हाम्रा ज्ञानका अजस्र मुहान हुन्। उनी हाम्रा उदार मार्गदर्शक हुन्। हामी 'पत्रकारी साहित्यकार'हरूलाई उनले बिदेशी आख्यान पढ्ने सल्लाह दिएका रहेछन्। निःशुल्क सल्लाह ! यस्तो पठनबाट थिम, भाषा र शैलीमा निखार आउँछ रे। सानो कुवाभन्दा बाहिर ठूलो संसार हुन्छ रे साहित्यको। पाउलो कोइलो भन्ने कतैका कोही लेखक रहेछन्। ती पाउलोले 'एलेभेन मिनेट' भन्ने सम्भोग साहित्य रचेका रहेछन्। राजेन्द्रले ज्ञान दान गरेपछि बल्ल मलाई पाउलोबारे थाहा भयो। अहो ! बिदेशी आख्यान प्रचूर मात्रामा पढेरै त होला राजेन्द्र थापाको थिम, भाषा र शैलीमा यति सह्रो निखार आएको !

आयो कुरा अब सीके लालको। राजेन्द्र थापाको दिव्य दृष्टिमा सीके लाल कुरै नबुझी प्याच्च बोल्छन् र म मृतक तिनको उक्साहटबाट बहकिन्छु। यो प्रसङ्गको जायजन्म वैरागी काइ"लाले गरेको तुलनाबाट भएको हो। वैरागीले 'खेलौना'लाई बीपीका मनोविश्लेषणात्मक आख्यानको हाराहारीमा राखेछन्। यहाँनेर म ब्यंग्य र कटाक्षबाट बाहिर निस्केर तर्क गर्छु। के बीपी पोर्नोग्राफीका लेखक हुन्? होइनन् भने वैरागी दाइ, पोर्नोग्राफीका जण्ड सृष्टिकर्ता राजेन्द्र थापा कसरी बीपीसँग तुलनीय भए?

नीलो आकाशमुनिका ज्ञानगुनका सबै कुरा बुझेको अभिनय गर्ने बरा राजेन्द्र थापाको व्यंग्यचेत कति कमजोर ! ती जे पनि अभिधामा बुझ्न खोज्दा रहेछन्। लक्षणा र व्यञ्जनाको बोध र चेत मानौँ तिनमा शून्य छ ! म मृतकले व्यंग्यार्थमा जगदीश घिमिरे र वैरागी काइँलालाई क्रमशः सेक्सन अफिसर र मुख्य सचिवको संज्ञा दिएको थिएँ। र अभि दाइलाई नायब सुब्बा र गोविन्दराज भट्टराईलाई खरिदार। करुणामयी राजेन्द्र थापालाई बडो पीर परेछ- म मृतकका भागमा अब कुन पद पर्ने हो? साहित्यको पियनको? राजेन्द्रको करुणामयी चित्तवृत्तिलाई नमन गर्दै म निवेदन गर्छु- म मृतक साहित्यको पियन भनिन पनि लायक छैन। झुर 'पत्रकारी साहित्य' लेख्ने नाथेलाई के को पियन पदवी?

र अन्त्यमा, पोर्नोग्राफीका सबै तत्वहरू ललित साहित्यका विषय हुन सक्छन्। तर परम् दयालु नारीमुक्ति योद्धा राजेन्द्र थापाले जिद्दी गरेझैँ पोर्नोग्राफी स्वतः साहित्य हुँदैन। ललित साहित्यमा पोर्नोग्राफीका तत्वहरू सौन्दर्यको आवरणभित्र लुकेर आउ"छन्। ललित साहित्यको प्रयोजन केवल पाठकगणको स्थूल अभिरुचिलाई तुष्टि दिनु होइन। प्रयोजन त पाठकगणलाई आनन्द प्रदान गर्र्नुको साथसाथै तिनको रुचि परिष्कार र आत्मिक उन्नयन पनि हो। ललित साहित्यमा जीवनका कुरुप पक्षहरूको थप कुरुपीकरण गरिँदैन। बरु ती कुरुप पक्षहरूलाई समेत सुन्दर ढङ्गले प्रस्तुत गरिन्छ। तब न ललित साहित्य † तर कुरुपका संवाहक र प्रसारक राजेन्द्र थापा भने कुरुपको थप कुरुपीकरणमा गौरव गर्छन्। त्यसैले त यिनलाई पोर्नोग्राफीका उस्ताद भनिएको हो !

Taxonomy upgrade extras: 

Comments