Loading

पोखिएर घामको झुल्का भरि संघारमा/ हरिभक्त कटुवाल

पोखिएर घामको झुल्का भरि संघारमा
तिम्रो जिन्दगीको ढोका खोलूँ-खोलूँ लाग्छ है ।
सयपत्री फूलसितै फक्रिएर आँगनमा
बतासको भाका टिपी बोलूँ-बोलूँ लाग्छ है ॥

कति-कति आँखाहरु बाटो छेक्न आँउछन्,
परेलीमा बास माग्न कति आँखा धाँउछन् ।
यति धेरै मानिसका यति धेरै आँखाहरू,
मलाई भने तिम्रै आँखा रोजूँ-रोजूँ लाग्छ है।

उँडू-उँडू लाग्छ किन, प्वाँख कहिले पलायो,
मनको सङ्लो तलाउको पानी कसले चलायो ।
आफैंलाई थाहा छैन कसलाई थाहा होला
यसैले त तिमीलाई सोधूँ-सोधूँ लाग्छ है।


रचना: हरिभक्त कटुवाल
संगीत: अम्बर गुरुङ
स्वर: नारायण गोपाल

Comments