Loading

असफल प्रयत्न- 'पत्रैपत्र'/ हरि अधिकारी

patrai patraविस्तारै स्थापित हुँदै जान लागेका नारी हस्ताक्षरद्वय सुस्िमता नेपाल र रजनी ढकालको संयुक्त लेखनका रूपमा आएको पत्रैपत्र नामक पुस्तकलाई यसका प्रकाशकले उपन्यासको संज्ञा दिएका छन्। पुस्तकको नामबाटै पुष्टि हुन्छ : यो कृति ती दुई सहेलीले आपसमा लेखेका चिट्ठीहरूको संकलन हो। अब यसमा संकलित चिट्ठीहरूमा अन्तरनिहित कुराहरूले समग्रमा यस कृतिलाई एउटा उपन्यासको स्वरूप र वैशिष्ट्य प्रदान गर्न सकेका छन् कि छैनन्, यसको निक्र्योल साहित्यका अध्येता-विद्यार्थीहरूले गर्दै रहलान्।

यस समीक्षकले अहिले नै भन्न सक्ने कुरोचाहिँ के छ भने, यो ३ सय ८८ पृष्ठको स्थूलकाय गद्य-रचनाले असल साहित्य पढ्दा पाउनुपर्ने ज्ञान, समाज र मानव-मनोविज्ञान विषयक सूक्ष्म अन्तरदृष्टि र विशुद्ध आनन्दमध्ये कुनै एउटा पनि दिन सक्दैन। यही रूपमा यस पुस्तकको प्रकाशन गरेर नेपाल र ढकालले श्रम, साधन र समयको अपव्यय गरेका छन्। 

पत्रैपत्र साहित्य-लेखनलाई अत्यन्त हलुका किसिमले लिएर यसको अवमूल्यन गर्ने प्रयत्न पनि हो। नितान्त निजी, पारिवारकि घटना, उपघटना, गन्थन र गथासाहरूमा पूर्णत: केन्दि्रत पत्राचारलाई साहित्यको नाम दिएर लेखकद्वयले साहित्यलाई सामाजिक सरोकारबाट धेरै टाढाको वस्तु बनाउन खोजेका छन्। 

पत्र-लेखक सुस्िमता र रजनीले चिट्ठी लेख्न बस्दा आफूलाई दुई काल्पनिक पात्रमा परिणत गरेका छन्- नीलाञ्जना र निवेदिता। चिट्ठीको पेटबोलीमा पर्ने घटना-विवरण, व्यक्तिहरू, स्थान र पृष्ठभूमि आदिमा आख्यानको पाइन चढाउने हेतुले पत्र-लेखकको नाम खडा गर्दा कुन पात्रको नामको चिट्ठी कसले लेखेको भन्ने पनि खुलाइएको छैन। तर, कुन लेखकले नीलाञ्जना भएर लेखेको हो, कुनचाहिँले निवेदिता भएर भन्ने कुरो थाहा पाउन भने गाह्रो छैन। नीलू र निवेदीले लेखेका चिट्ठीहरूमध्ये दुई-चार थान पढ्नेबित्तिकै पाठकले थाहा पाउँछन्- कसको कथा कसले लेखिरहेको छ। चिट्ठीहरू पढ्दै जाँदा नीलाञ्जना र निवेदिताको कुनै अस्ितत्व नै पाठकको मन-मस्ितष्कमा बाँकी रहँदैन। त्यहाँ त आ-आफ्नै पारिवारकि र व्यक्तिगत जञ्जालमा फसेका कवि-गीतकार मञ्जुलकी श्रीमती सुस्िमता नेपाल र स्याङ्जाको सामान्य मध्यमवर्गीय परिवारबाट आएकी संघर्षशील युवा लेखक रजनी ढकालको अनुहार पो सुस्पष्ट ढंगमा उभारमा आउन थाल्छ। 

यहीँनेर आएर पाठक लेखकद्वयले आपसमा विनिमय गरेका नितान्त निजी र पारिवारकि घटना-उपघटना र त्यससँग जोडिएका आफ्ना भावना र विचारमा आधारति चिट्ठीहरूको यस संकलनलाई उपन्यासका रूपमा प्रस्तुत गरेर आफूलाई उल्लु बनाएकामा उनीहरूसँग रसिाउन थाल्छन्। झन्डै २५ प्रतिशत भाग आपसमा व्यक्त गरनिे भावुक र औपचारकि कुराहरूले भरिएका यी चिट्ठीहरूको संग्रहलाई यस रूपमा प्रकाशन गर्नुको सट्टा लेखकद्वयले छुट्टाछुट्टै संस्मरणात्मक निबन्ध वा आत्मवृत्तान्त लेखेर पाठकसमक्ष प्रस्तुत भएको भए राम्रो हुने थियो भन्ने विचार, यो कृति पढेपछि कुनै पनि पाठकको मनमा उत्पन्न हुने सहज विचार हो। 

नीलाञ्जना भएर, निवेदिताको छद्म नाममा देखापरेकी मित्र रजनी ढकाललाई चिट्ठी लेख्ने सुस्िमता नेपालले आफ्नो कथाभन्दा आफ्ना कवि-गीतकार-निबन्धकार मञ्जुलको कथालाई विस्तारति ढंगमा सुनाउने जमर्को गरेकी छन्। विवेक सरको नाम दिएर उभ्याइएका मञ्जुल नै सुस्िमताले लेखेका बहुसंख्यक चिट्ठीहरूका नायक हुन्। वास्तवमा विवेक सर भनिएको त्यस पात्रको वास्तविक व्यक्तित्वको मालिक को हो ? भन्ने कुरा गोप्य नै रहिरहोस् भन्ने कुनै चाहना पनि सुस्िमताले राखेकी छैनन्। मञ्जुललाई विवेक, उनकी पूर्वपत्नी कुन्तालाई जानकी, भाइ प्रदीप नेपाललाई रवि र भाइबुहारी झुमा देवानलाई सुशीला भन्ने नाम दिए पनि मञ्जुलको जीवनीमा आएका अरू पात्रपात्रा, उनको साहित्यिक गतिविधि, पृष्ठभूमि र उनको जीवनीका वस्तुतथ्यहरूलाई रटि्ठो नबिराई र सबैले सजिलै बुझ्ने गरी निवेदितालाई लेखिएको भनिएका चिट्ठीहरूमा वर्णन गरेर नीलाञ्जनाको अवतारमा उत्रेकी सुस्िमताले नेपाल-परिवारमा धेरै समयसम्म चलेको झैँ-झगडाको एउटा पक्ष- मेघराज मञ्जुलको नजरबाट तथ्यहरूको खुलासा गरेकी छन्। यसरी हेर्दा नीलाञ्जनाका हातबाट लेखाइएका यी चिट्ठीहरू मञ्जुलको केही दिन पहिले प्रकाशनमा आएको आत्मवृत्तान्त पहाडजस्तो म, बाटोजस्तो मको पूरक सामग्रीजस्तै लाग्न सक्छन्। 

सुस्िमताको भाषा र शैलीमा पनि मञ्जुलको साह्रै गहन प्रभाव परेको देखिन्छ। प्रवेशिका परीक्षा पनि उत्तीर्ण नगरेकी उनलाई एमएसम्मको औपचारकि शिक्षा दिलाउने मात्र होइन, लगातारको उत्साहवर्द्धन र सहयोगका बलमा साहित्यमा स्थापित गराउने व्यक्तिसमेत मञ्जुल नै भएकाले सुस्िमतामाथि पतिको प्रभाव पर्नुलाई अस्वाभाविक मान्नु हुँदैन। तर, साहित्यको दुनियाँमा नाम चलाउने हो भने सुस्िमता नेपालले आफ्नो स्वतन्त्र पहिचान बनाउन सक्नैपर्छ। त्यसका लागि भाषा र शैलीका पाटामा त निजत्वको विकास गर्नैपर्छ। साथसाथै, विषयको चयन, प्रयोगधर्मिता र जीवन-जगत्लाई हेर्ने बेग्लै अन्तरदृष्टिको पनि आविष्कार गर्न सक्नुपर्छ। 

पत्रैपत्रकी अर्की सर्जक रजनी ढकालमाथि सुस्िमताको हकमा देखिएको जस्तो कुनै प्रकारको प्रत्यक्ष प्रभाव वा विषय चयनका लागि दबाब परेको पाइँदैन। यिनको भाषामा पनि एकप्रकारको सहज स्थिरता छ। तर, यस पुस्तकका सन्दर्भमा रजनीको समस्या के रहेको देखिन्छ भने यी लेखिकासँग पाठकसँग आत्मिक रूपले विनिमय गर्नुपर्ने कुनै कथा नै छैन। 

जिल्ला स्याङ्जाको, शिक्षाको महत्त्व बुझेको परिवारमा जन्मे-हुर्केकी, पढाइ र वृत्ति-विकासका बाटामा सफलतापूर्वक अगाडि बढिरहेकी र साहित्यमा रुचि विकास गरेकी रजनी ढकालको कथामा कुनै जटिलता छैन, द्वन्द्वको तत्त्व छैन, रहस्य छैन र रोमाञ्च पनि छैन। निवेदिताका रूपमा यिनले सुस्िमता नेपाल अथवा नीलाञ्जनालाई लेखेका यिनका पत्रहरू त्यसैले पढ्नैपर्ने साहित्यिक सामग्री बन्न सकेका छैनन्। यिनले पनि पत्र-साहित्यका रूपमा रोजेको यो विधा नै गलत भएको निष्कर्ष निकाल्न सकिन्छ। 

पत्रैपत्र राम्रो आख्यानका रूपमा विकसित हुनसकेको थियो भनेचाहिँ चिट्ठीहरूमा आधारति पहिलो उपन्यासका रूपमा यसको ऐतिहासिक महत्त्व कायम भएको हुन्थ्यो। तर, यो न आख्यान, न निबन्ध, न त आत्मवृत्तान्त नै बन्न सकेको छ। उदीयमान दुई लेखकको श्रम यसरी खेर जानु खेदको विषय हो। 

स्रष्टा    :    सुस्िमता नेपाल        र रजनी ढकाल
प्रकाशक    :    सुरभि प्रकाशन
पृष्ठ    :    ३८८
मूल्य    :    ४०० रुपियाँ

[first published in Nepal Weekly]

Author: 
Segments: 

Comments