Loading

संग्रौलाको 'पल्लो किरातको किपट व्यवस्था' सार्वजनिक/ गणेश राई

काठमाडौ, अषाढ ७ - सहप्राध्यापक डा. नारायणप्रसाद संग्रौलाद्वारा लिखित 'पल्लो किरातको किपट व्यवस्था' नामक पुस्तक सार्वजनिक गरिएको छ । सभामुख सुवास नेम्बाङले मंगलबार राजधानीमा आयोजित एक समारोहमा सार्जनिक गरेका हुन् ।

यो पुस्तकमा किरात जातिको ऐतिहासिक पृष्ठभूमि, पल्लो किरातमा लिम्बूहरुको स्वशासन, नेपालमा भूमि व्वयस्थाको परिचय, किपट भूमि व्यवस्थाको ऐतिहासिक पृष्ठभूमि केलाइएको छ । यसैगरी पल्लो किरातमा किपटको विस्तार, किपट व्यवस्थामा प्रशासन र न्यार, किपट जग्गामा कर व्यवस्था तथा किपट व्यवस्थाको उन्मुलन विषयमा चर्चा गरिएको छ । लेखक संग्रौलाले आफ्नो अध्ययन तथा अनुसन्धानको १८ वर्षभत्र यो कृति तयारी पारेको बताए ।

पुस्तकबारे इतिहाविद्हरू त्रिरत्न मानन्धर, तुलसीराम वैद्य र कृष्णबहादुर थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइ“ला, किरात याक्थुङ चुम्लुङका अध्यक्ष अर्जुन लिम्बू, साहित्यकार खगेन्द्र संग्रौला, संस्कृतिविद यहाङ लावती, लगायतले बोलेका थिए ।

॰[साभार: कान्तिपुर]

Segments: 

Comments