Loading

शहीदहरुको सम्झनामा / भूपि शेरचन

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्‌को देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
Segments: 

मेरा साथीहरू

मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउन झन् गाह्रो छ ।
मरेर शहीद हुनेहरू,
जिएर त हेर, जिउन झन् गाह्रो छ !!

Segments: 

यो जिन्दगी खै के जिन्दगी !

भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी !

Segments: 

Pages

Subscribe to Online Sahitya Nepali Literature RSS