Loading

जे भन्यौँ जे गर्यौँ कहानी भो

जे भन्यौँ जे गर्यौँ कहानी भो
जिन्दगानी बग्ने पानी भो

हात खाली छ के दिने मैले
आँशु नै लानुहोस् निशानी भो

दु:ख लाग्यो कि क्या हजूरका लागि
जिस्कने मात्र मेरो बानी भो

भूल अन्जानमा निकै गरेँ मैले
आजको चाहिँ जानी जानी भो

छोइयो पाउले भने कसो गर्नु
सुत्नु पर्ने त एउटै सिरानी भो

आफू के-के भनी गरी हिँड्ने
मैले भन्दा भने रिसानी भो

भन्नु बाँकी अझै थियो धेरै
रात सुत्तै बित्यो बिहानी भो

Segments: 

Comments