Loading

इन्द्रबहादुर राईलाई सिद्धिचरण पुरस्कार

९ जेठ, कथामाडौँ / २०६८ सालको युगकवि सिद्धिचरण पुरस्कारबाट वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई सम्मानित भएका छन् । युगकवि सिद्धिचरणको स्वर्ण शताब्दी वर्षका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले साहित्यकार राईलाई पुरस्कार अर्पण गर्नुभयो । 

युगकवि सिद्धिचरण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा ५० हजार रुपैयाँसहितको पुरस्कारबाट राई सम्मानित भएका हुन् । तेस्रो आयामका प्रणेतामाध्येका एक राई साहित्यकार राई समालोचना र कथाका क्षेत्रमा सम्मानित हस्ती हुन् । 

१९६९ साल जेठ ९ गते ओखलढुंगामा जन्मिएका कवि श्रेष्ठको निधन २०४९ साल जेठ २२ मा काठमाडौंमा भएको थियो । 

तस्बिर : कान्तिपुर दैनिक

Segments: 

Comments