Loading

उदायो जून आँखामा, र आफैँ ढल्कियो फेरि

उदायो जून आँखामा, र आफैँ ढल्कियो फेरि
पुरानो घाउको खाटो, अकस्मात् बल्झियो फेरि

हजारौँ चाहना मेरा, सिसाझैँ चर्किँदा आज,
परेलीबाट बाढी झन्, असाध्यै छल्कियो फेरि

म गर्थेँ कल्पना धेरै, र देख्थेँ स्वप्न झन् मीठा
टुट्यो निद्रा अनायासै, र छाती बल्कियो फेरि

हजारौँ दु:ख पीडाले, मलाई थिच्न थालेर
अभागी कर्महारा यो, थलामा थल्लियो फेरि

अकालै दाउरा ओढ्ने, नमीठो स्वप्न देखे नि
बुझाएँ चित्त आफैँले, र सासै अल्झियो फेरि

Segments: 

Comments