
गुराँसै फुल्छ पाखामा, फुलेको देख्न पाऊँ म
रमाई खर्कमा चौरी, डुलेको देख्न पाऊँ म
तराई अन्नको खानी, हुनाले खेतबारीमा
फलेका धानका बाला, झुलेको देख्न पाऊँ म
नयाँ नेपाल हामीले, बनाए मात्र बन्ने छ
त्यसैले काममा सारा, भुलेको देख्न पाऊँ म
कतै अन्यायमा कोही, फसेमा न्याय नै खोज्न
स्वयम्भूका दुवै आँखा, खुलेको देख्न पाऊँ म
सधैँ मेची र कालीमा, बगेकी स्वच्छ पानी झैँ
सबै नै एक-अर्कामा, धुलेको देख्न पाऊँ म
Author:
Segments: