झिक्दा झिक्दै जिन्दगीको सार रित्तिएछ

Author

झिक्दा झिक्दै जिन्दगीको सार रित्तिएछ
लौ कुवेरको पनि भण्डार रित्तिएछ

चराजस्तै भाग्य भुर्र-भुर्र उड्दिनाले
कति नसिबवालाको निधार रित्तिएछ

जब समाएर हिँड्न थाल्यो पैसाको पुच्छर
विद्वानको खोपडीमा विचार रित्तिएछ

बैरागीले झिक्यो गफ वासन्ती बहारको
विलासीको आँखामा संसार रित्तिएछ

'वनवासी' सहरतिर बसाईँ सर्दिनाले
उताको जङ्गल अनि ओढार रित्तिएछ

Segments