
हेरौँ कसले कुनमा हिर्काउँछ
सुनारले सुनमा हिर्काउँछ
दुध पाउन बाछाले पनि त
माउको त्यो थुनमा हिर्काउँछ
उज्यालोको शत्रु चोरले रातमा
रिसाएर जूनमा हिर्काउँछ
महसुरै मान्नुपर्छ त्यसलाई 'नि
जसले तातो खूनमा हिर्काउँछ
चर्काएर नारा चित्त नबुझ्नेले
देशको कानुनमा हिर्काउँछ ।
Author:
Segments: