Loading

खोजेको त सुनसान न हो, बसौँ यतैतिर

खोजेको त सुनसान न हो, बसौँ यतैतिर
लाज किन दुई ज्यान न हो, बसौँ यतैतिर

यहीँ बसी कुरा गरूँ, हामीबाहेक को छ अरु
भए उही भगवान न हो, बसौँ यतैतिर

सङ्लो माया मैलाउने, देखे भने फैलाउने
दुनियाँ बेइमान न हो, बसौँ यतैतिर

समय यो सर्ला अरे, यतै साँझ पर्ला अरे
मायाको त बिहान न हो, बसौँ यतैतिर

आराम र ऐस भन्नु, चञ्चले यो बैँस भन्नु
जिन्दगीको अनुदान न हो, बसौँ यतैतिर

Author: 
Segments: 

Comments