Author
शान्ति दे, प्रेम दे स्वप्न संसार दे
शीत दे प्रीतको फूलको हार दे
हो कला जिन्दगी ज्यून जान्यो भने
भन्दछौँ दुष्ट हो द्वेष त्यो मार दे
बुद्ध बन्, शुद्ध बन्, ताप छोड् राप छोड्
युद्ध भो नाग नै युद्ध यो बार दे
घाउमा लोकको दे मलम् दे मलम्
माथमा हात दे नैनमा प्यार दे
देश यो, भेष यो भन्दछन् श्राप भो
गीत गा मेलको चैन झन्कार दे
Segments
- 3 views