जे-जे पर्छ बेहोरिन्छ बोल्न छोडिँदैन

जे-जे पर्छ बेहोरिन्छ बोल्न छोडिँदैन
विकृति र विसङ्गति पोल्न छोडिँदैन
होश गर भ्रष्टहरू बरु भागिहाल
भण्डाफोर गरी पोल खोल्न छोडिँदैन
समावेशी लोकतन्त्रे मीठो धून बज्दा
नागिनीझैँ लहराई डोल्न छोडिँदैन
दिन्छौँ ज्यानै हृदयमा बास बस्नेलाई
चोखो माया मह-घिउ घोल्न छोडिँदैन
लिलाममा चढेको छ आज नैतिकता
बहुमूल्य भए पनि मोल्न छोडिँदैन
Author:
Segments:
Post date:
03/17/2010 - 02:22