न छ बन्दुक, न तरबार गजलकार न हो

Author

न छ बन्दुक, न तरबार गजलकार न हो
तर लड्दैछ लगातार गजलकार न हो

रुँदैन बाजी नजितेर मौका पर्खन्छ
हार माने पो हुन्छ हार गजलकार न हो

एकसे एक जबर शेर जब सङ्गी छन्
किन बोक्छ ऊ हतियार ? गजलकार न हो

नसोध देशका निम्ति के गर्छ ? के दिन्छ ?
दाउमा लाउँछ घरबार गजलकार न हो

'बूँद'ले भन्छ मतियार बनी छहराको
'बगिरहनुमा छ है सार' गजलकार न हो

Segments