आँखाभरि खोलानाला ताल राख्याछु / मनु ब्राजाकी

Click to Enlarge: मनु ब्राजाकीको हस्ताक्षरमा गजलआँखाभरि खोलानाला ताल राख्या छु
हृदयमा समुद्रको छाल राख्या छु ।

आँशु पुछ्न अब भने सजिलो भयो,
गोजीभित्र उसैको रुमाल राख्या छु ।

सुरक्षाका लागि तरबार बोकेछौ,
मैले भने आफ्नो लागि ढाल राख्या छु ।

आएपछि फर्किजाँदा क्यै त दिनेछौ,
दैलोसामु मैले रित्तो थाल राख्या छु ।

घरको सानो ढ़ोका बरू बन्द भएछ,
तिम्रोलागि मनको खुल्ला झ्याल राख्या छु ।

तिमीलाई माया यति धेरै गरेछु,
मैले अब मात्र अवगाल राख्या छु ।

फेरि पनि बिर्सिदिने हौ कि भनेर,
मैले आफ्नो नाम नै नेपाल राख्या छु ।

एक्लो ठानी हेपौला कि भन्ने सम्झेर,
मैले पनि 'मनु'को बगाल राख्या छु ।

Author: 
Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom