मनु बमभोला जस्तो लाग्छ / मनु ब्राजाकी

'मनु' बमभोला जस्तो लाग्छ
आज केही होला जस्तो लाग्छ

फूल आहा ! कत्ति राम्रा
काँढा आई छोला जस्तो लाग्छ

तुर्तुरे यो अश्रुधारा
निकै ठूलो खोला जस्तो लाग्छ

मृत्यु आज दुरुस्त नै
मनुष्यको चोला जस्तो लाग्छ

अनि पो त राम आज
रावणसामु रोला जस्तो लाग्छ ।

Author: 
Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom