आफन्तले गरेको गाली त्यसै छ मीठो

आफन्तले गरेको गाली त्यसै छ मीठो
खुल्ने रिसाउँदा त्यो लाली त्यसै छ मीठो

बोकेर फूलकाँढा यौटै शरीरमाथि
साथै रमाउने त्यो डाली त्यसै छ मीठो

आँखा उही सबैको हेराइ मात्र भिन्न
ऊ हेर चाँदनीको काली त्यसै छ मीठो

दुख्ने त उत्तिकै हो जस्को दुखे नि' छाती
भन्दै रिसाइ दे'को ताली त्यसै छ मीठो

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom