उही याद तिम्रो छ यो रात उस्तै

उही याद तिम्रो छ यो रात उस्तै
गरूँ रूपको के कुरा मात उस्तै

सधैँ फेरिएकै छ मौषम् त के भो
नझर्ने कुनै याम त्यो पात उस्तै

अरु घातका के कुरा हुन्छ आज
तिमीले दिएको छ आघात उस्तै

कतिञ्जेल हाँसू रूझाएर आँखा
चलेकै छ बाढी र वर्षात उस्तै

लजाई-लजाई उठायौ नयन् ती
र, गर्दै इशारा गर्यौ बात उस्तै

Segments