आकाश त स्वच्छ नै छ तर त्यहाँ जून छैन

आकाश त स्वच्छ नै छ तर त्यहाँ जून छैन
यस्तो लाग्छ आजभोली देशमा कानुन छैन

शहर नै पूरै आज लासैलास भए पनि
अझै यहाँ भनिदैछ हत्या अनि खुन छैन

संसार नै किन-किन खल्लो लाग्न थाल्यो आज
अलिनो छ तरकारी मसला र नुन छैन

चौतारीमा डम्फू मादल पनि बज्न छाडिसके
मीठा-मीठा सङ्गीतको आज कतै धून छैन

Author: 
Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom