Loading

जता हेर्यो त्यतै राम्रो, जवानीमा म भुल्दैछु

जता हेर्यो त्यतै राम्रो, जवानीमा म भुल्दैछु
कथा देख्दैछु आखाँमा, र नानीमा म भुल्दैछु

दिएकैथेँ भएसम्मै, तिमीले हात थाप्दामा
दिएँ सारा र बाँकी जिन्दगानीमा म भुल्दैछु

तिमी सादा छु भन्दैथ्यौ, कथा धेरै बताएर
मलाई नै सुनाएको, कहानीमा म भुल्दैछु

म हेर्थेँ धेर आँखामा, तिमी हाँस्दै लजाएथ्यौ
र छातीमा टुसाएको, बिहानीमा म भुल्दैछु

नशाको बेगले प्यारी, म आधारातमा जाग्दै
तिमी सम्झी सधैँ निर्धो, शिरानीमा म भुल्दैछु ।

Author: 
Segments: 

Comments