यदि त्यो तिमी नै हौ भने

Your rating: None Average: 5 (1 vote)

तिमी जो रहन्छौ सुरक्षित
आफ्ना घरका सदस्याहरूको शुभ आशीर्वादमा,
तिमी जो फर्कन्छौ बाहिरबाट प्रत्येक बेलुकी
मायालु अनुहारहरूले तयार पारिदिएको तातो भातका समीटमा ।

सोच त
यदि कहीँ होस् कुनै एक पुरुष
जो दिनरात खेतमा परिश्रमको पसीना बगाउँछ ।
जसलाई थाहैछैन 'शान्ति के हो ? त्यो कहाँ छ ?'
जो झगडा गर्छ भातको एकगाँसका लागि
जो मारिन्छ मात्र
एउटा 'अँ' अथवा 'न' शब्दको उच्चारणमा ।

सोच त,
यदि कहीँ होस् कुनै एक महिला
जो बेनामी र सेताम्मे भएकी,
जसको हिम्मत नै छैन
आफ्नो स्मृति जोगाएर राखिरहन !
जसको आँखा होस् बिलकुलै रित्तो
र कोख होस् उजाड
जाडोले कठ्याङ्ग्रिएको पाहाजस्तै ।

सोच त
यदि त्यो तिमी नै हौ भने !
म भन्छु तिमीलाई
तिमी जो रहन्छौ सुरक्षित
आफ्ना घरका अग्रजहरूको शुभ आशीर्वादमा
तिमी यी शब्दहरूलाई गाँठो पारेर राख
तिम्रो मुटुमा, घरमा,
सडकमा, ओछ्यानमा,
सुत्दाखेरि, उठ्दाखेरि
अनि तिमी दोहोर्याइ-तेहर्याईकन
भन यी शब्दहरू
आफ्ना सन्तानहरूलाई !
यदि तिमीमा यस्तो आँट छैन भने
ईश्वरले नै गरिदिऊन् त्यो काम
तिमीलाई सद्बुद्धि दिएर
यदि त्यो तिमी नै हौ भने !

Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.