ती दुई निर्दोष आँखाहरू

Your rating: None Average: 4 (2 votes)

तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन ।

तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन । तर, ऊ पहाडको किसानकै छोरा हो । किसान पनि अर्धकिसान । पश्चिम पहाडमा एउटा सानो गाउँ थियो, गर्भे । त्यसैको पुछारमा एउटा सानो झुप्रोमा उसको बाबु बिर्खे- बिर्खबहादुर र आमा दिलमाया दुःखजिलो गरी बसेका थिए । तर, पहाडमा मारकाट चल्न थालेपछि उनीहरू मैदानतिर झरेर एउटा सानो सहरनजिकै गाउँमा बस्न थालेका थिए ।

बिर्खबहादुर उमेर त्यति र्घर्किइनसकेको केही गरौँला भन्ने हिम्मत उसमा । ऊ नजिकैको सहरमा साहूहरूको भारी बोक्छ । अनि घरसर बनाउने काममा ठेकेदारहरूको काम पनि गर्छ । त्यसरी उसले एक पेट खान-लाउन पुर्या एर पनि दिलमायाको नाक, कान, घाँटीमा एकसरो सुन पनि भिर्दिनसकेको छ । दिलमाया पनि गाउँका ठूला ठालुका धन्दा चुलो गरेर केही न केही आर्जन गर्छे।

यसपल्ट बिर्खेले ठेकेदारबाट झन्डै एक महिनादेखिको ज्याला पाएको छैन । त्यसैले उसको भण्डारमा फाँकमुठी पनि छैन । त्यसैले ऊ ज्याला उठाउन गएको फर्केको छैन । दिलमाया आफ्नै करेसाबारीबाट तिहुन ल्याएर केलाउन लागेकी छ । सानो छोरो भुन्टे भोक लाग्यो भनेर रोर्यारइ गरिरहेको छ । "आमा भात किन नपका' - हाम्लाई भोक लाग्यो भन्या भात दिनु हाम्लाई ।"

साँझ पर्न लागिसकेको छ । बिर्खबहादुर यतिखेरसम्म पनि आएको छैन । दिलमाया च्याँठिन्छे, "भोक लागे म के गरौँ त ? बा पैसा उठाउन जानुभा'छ । पसलबाट चामल, पीठो, नुन, तेल, मसला ल्याउनुहुन्छ । अनि पकाउँला ।"

तर, भुन्टे कराउन छोड्दैन । केटाकेटी हो, उसलाई घरमा केही छैन भन्ने के थाहा । उसको बिलविलाउदो मुख हेरेर दिलमाया भित्रभित्रै कल्पिन्छे । अनि त्यसैबेला झोलामा सामल बोकेर बिर्खबहादुर भित्र पस्छ । दिलमाया झोलाको सामान हेरेर असन्तुष्ट स्वरमा भन्छे, "यति मात्रै - दुइ-तीन दिनलाई पुग्दैन ।"

"के गर्ने हेर न त्यो मोरो राणा बाउ ठेकदारले पूरा पैसै दिएन । हजारवटा रुपिया फालिदियो । पैसा बाँकी छ । एक मन त त्यो पैसा त्यसैको मुखमा हिर्काएर आऊँ जस्तो लागेको थियो । तर, यो भुन्टेको पिलपिलाउदो अनुहार सम्झेँ । अनि पाँच सयको सामल ल्याएँ, दुइ-चार दिनलाई भए नि पुग्छ भनेर । पाँचोटा सयचैँ पैसै ल्याएको छु । केही परिहाल्ला भनेर "लौ ला, राख ।" बिर्खबहादुर जगमा पानी लिएर हातगोडा धुन भनेर बाहिर निस्क्यो । केहीबेरपछि हातगोडा धोएर भित्र पस्यो ।

"आमा हाम्लाई भोक लाग्यो भन्या, भात दिनु ।" सानो भुन्टे रोड्याइ गरेको गर्यौभ थियो । बिर्खबहादुरले टीठलाग्दो गरी उसको मुख हेरेर भन्यो, "ए झट्टै भात पका न त । मलाई पनि भोकले खरो भैरा' छ ।"

दिलमायाले टुकी बाली । अनि भान्छाको सार्दाम ठीक गरेर दमचुली (स्टोभ) सल्काएर भात बसाली । तिहुन पहिले नै पकाएर झिकी । भात छड्कन थाल्यो । बाहिर रात निकै छिप्पिइसकेको थियो । त्यसैबेला ढोका घर्या क्क खोलेर दुर्इ जना बन्दुके भित्र पसे । चाइँचुइँ केही नगरी एउटाले बिर्खबहादुरलाई लडाएर घाँटीमा खुकुरी तेर्स्यायो, "तैँ होइनस् हाम्रो सुल्सुले लाग्यो ?"

"होइन के गरेको तिमरुले - को हौ तिमरु -" दिलमाया आतेसले चिच्याउन थाली । बाबुलाई लडाएको, आमा चिच्याएको देखेर सानो भुन्टे अताल्लिए रुन थाल्यो । अर्को चाहिले उसलाई सातो खायो । भुन्टे डरले चुप लागेर ओछ्यानमा घुस्य्रो ।

"पापी राक्षस हो । एउटा खाली हातको मान्छेलाई अत्तेचार गर्र्छौ – “मर्द हौ भने आओ मसँग जुध्न ।" दिलमाया नजिकैको खुर्पा उझाउँदै रणाचण्डीझैँ गर्जंदै उनीहरूतिर झम्टिछे । तर, अर्कोचाहिँले उसको खुर्पा समातेको हात समातेर बेस्सरी बटार्योर । खुर्पा भुइमा खस्यो । यतिञ्जेलसम्म पछिल्लोले बिर्खबहादुरको घाटी कसाइले रागो बोको रेटेझै रेटेर टाउको छुट्याइसकेको थियो । मझेरीमा रगतको ताली बनिसकेको थियो ।

दोस्रो चाहिले दिलमायालाई जकडेर विवश तुल्याएर भित्तामा अचेटेको थियो । यसले पहिलोलाई सम्बोधन गरेर कुत्सित पाराले भन्यो, "कसो, भाइ यसले त मर्द खोजेकी जस्ती छ नि - दिऊ यसलाई मर्द ?"

"ठीकै छ । यस्ता बराठसँग कुस्ती खेल्नु मजै हुन्छ ।" पहिलोले त्यही किलामा झुन्डिएको पुरानो लुँगीले रगतले भिजेको खुकुरी पुछ्तै भन्यो । अनि दुवैले दिलमायालाई हात बाँधेर मुखमा कपडाको बुझो कोचेर मझेरीमा लडाए । अनि दुवैले पालैपालो आफ्नो पाशविक यौनतृष्णा मेटे । सानो पुन्टे सातो गएर एउटा प्लास्टिकको निर्जीव पुतलीझैँ भएर हेरिरहेको थियो ।

आफ्नो पशुक्रीडा सकेर दुवै उठे । अनि कुत्सित हासो हास्दै अश्लील पाराले पहिलोले भने, "भाइ, यो बराठ आइमाईसँग कुस्ती खेल्दा भोक पनि लाग्यो । केही खान पाए ।"

"हो, मलाई पनि भोकले तालाबाला खेलाएको छ । हिजोदेखि यही सफाइ दौड म कुद्दाकुद्दा एक मुठी अन्न पनि पेटमा पर्याम होइन हेर न यसो केही पाइन्छ कि," दोस्रोले भन्यो र दुवै मिलेर खानेकुरो खोज्न थाले । पहिलोको आँखा भान्छाको भातको कसौडीमा पर्योक । उसले खुसीको स्वरमा भन्यो, "भाइ कसौडीमा भात छ जस्तो छ नि हेर हेर”
दोस्रोले दमचुलीबाट कसौडी उतारेर हेर्योि अनि चहकिदै भन्यो, "रे'छ भाइ भात त, भर्खरै पकाएको, तात्तातै छ । स्टोभ पनि भर्खरै निभेको जस्तो छ । ए, यहा तिहुन पनि रहेछ । लौ थालौ । पेट पूजा गर्न ।"

दर्ुइ लास र रगतको तालबीच दुवै हिंस्रक जनावरहरूले आफ्नो हृदयहीन, पशुभोज मनाए । अनि जाने तरखर गर्दै दिलमायाको अचेत शरीरतिर हेरेर दोस्रोले सोध्यो, "यसलाई के गर्ने - यतिकै छोडिदिने ?"

"किन छोड्ने त्यसै बोल्ने जोखिमलाई - पुर्याोइदिने उसको लोग्ने गएको ठाउमा," पहिलोले क्रूर स्वरमा भन्यो । अनि काधबाट बन्दुक उतारेर अचेत शरीरमा गोली हानेर पूर्णामृत तुल्याइदियो । त्यसपछि बाहिर निस्किएर अध्यारोमा हराए ।
अध्यारो रातको बीभत्स नाटकको पहिलो यवनिका पतन भयो ।

अनि फेरि दोस्रो दृश्यको पर्दा उठ्छ ।

भित्र उही पहिलो पर्दाकै दृश्य छ । त्यसैबेला अर्का दुइटा बन्दुकधारी दृश्यमा पस्छन् । ती पनि पहिलेकै जस्तो फौजी पोसाकमा छन् । काधमा बन्दुक छ । भित्रको त्यो बीभत्स दृश्य देखेर दुवै जना एकछिन अलमल्ल पर्छन् । अनि एउटाको बक फुट्छन्, "ए जोडा यहा यो हत्याकाण्ड मच्चाएर ती आतङ्ककारी त फुरुर उडिसकेछन् । हामी त आज पनि ढिला भएछौ । सधै हामी अपराधीभन्दा चार पाइला पछाडि नै पर्र्छौं । मरेपछि ओखती भन्याजस्तो ।"

"गर्ने के त यार आदेश नै ढिलो गरी पाउछौ । माथिका आदेश दिनेहरू आफ्नै मोजभोजमा मस्त भएर सबै कुरा बिर्सिन्छन् । अनि माझीको सल्लाहले सय घर डुबिसक्यो भन्याझै सबै हुने कुरा भैसकेपछि अनि हुकुमको गोली दाग्छन्, "लौ फलानो ठाउमा हमला हुदैछ रे । कुदिहाल कारबाहीमा । कति सजिलो," दोस्रोले भन्यो ।

"त्यै त । हाम्रो मात्र ज्यानै नभएजस्तो । रातदिन डाँडाकाँडा भीर पाखा कुद्नु छ, खान र पिउनको नाउँमा एक पुरिया बिस्कुट, एक पुरिया चाउचाउ छ । अनि हामीलाई पनि त थकाइ लाग्छ, अल्छी लाग्छ । अनि भर्सर् परोस् भनिन्छ ।"

"हो भन्या हिजोदेखि त्यही एक पाकेट चाउचाउ, एक पुरिया बिस्कुट र एक तुम्लेट पानीको भरमा कुदिया' छ । मलाई त यति उखर्माउलो भोक लाग्या छ, ढुङ्गो पाए पनि पचाउला भएको छ ।" अर्कोले भन्यो, "घर तन्नमजस्तो छ । यस्ता तन्नमहरूलाई पनि किन यसरी हत्या गरेका होलान् - यस्ताले कसैको के बिगार गरे होलान् र ?"

"होला केही वैरभाव भैगो छोडिदे । बरु कतै केही छ कि यसो आन्द्रासम्म उकास्न । मलाई भोकले तोरीको फूल देखायो ।" दोस्रोले भन्यो । अनि त्यो दुइटा बीभत्स लास, त्यो रगतको अहाल सबै कुरालाई त्यत्तिकै बेवास्ता गरेर त्यहा धुइधुइती छामछाम छुम गर्न थाले । एक जना हातको चोर बत्ती र्-र्टचलाइट) बालेर भित्री कोठातिर गयो । अर्को त्यही टुकीको बत्ती उठाएर धुइपत्तँल गर्न थाल्यो ।

"ए एक जोडा बाहिर हेर हेर यहा कसौडीमा अलि कति भात रहेछ । तिहुन पनि रहेछ, कसैले खाएर छोडेको । तैले के भेटिस् त्यहाभित्र -" पहिलोले कराएर भन्यो । दोस्रोले भित्रबाट निस्किदै भन्यो, "त्यहाँ त केही पनि छैन । घ्याम्पाघैटा रित्तै छन् । केही थाङ्नाथरा छन् त्यति हो ।"

"यहाँ अलिकति भए पनि भात रहेछ । अलिअलि भए पनि बाडीचुडी खाऊ आइज । एउटा आन्द्रेँ मात्रै भए पनि भरिएला । पहिलोले भन्यो । अनि दुवै जनाले बाडीचुडी कसौडीको भात सोरसार पुछपाछ गरेर खाए । अनि, हातसात धोएर जान भनेर उठे । तर, पहिलोको आँखा दिलमायाको नाक, कानका फूली, रिङ् र घाँटीको तिलहरीमा परे । उसले चहर्किंदै भन्यो, "जोडा यस मुर्दाको घाँटीमा, नाककानमा यी सुनका गहनाको के काम - हामीलाई बेचबाच गरेर दुई-चार दिन मैच्याङको भट्टीमा रमाउन त हुन्छ । फेरि हामीलाई दोष लाग्ने पनि त होइन । जङ्गलीहरूले मारेर नाक, कान, घाँटी पनि रित्याएर गएछन् भनिहाल्छन् ।"

अनि दुवैले मिलेर दिलमायाको लासबाट कति पनि धक/सङ्कोच नमानी ती सुनहरू झिकेर हिड्न तरखराए । तर, एक्कासि अर्कोको आँखा दिलमायाको धोतीको सक्कोमा बाँधेको गाँठोमा पर्योर । उसले खसखसिएर त्यो गाँठो फोएर हेर्यो्, बिर्खबहादुरले साँझ स्वास्नीलाई दिएको पाँच सयको नोट थियो । उसले चहकिएर साथीलाई भन्यो, "जोडा यहा एउटा पाच सयको नोट पनि रहेछ ।"

"खोइखोइ ?" अर्कोले त्यो नोट उसबाट झन्डैझन्डै खोसेझै गरी लिए भन्यो, "वा जे होस्, आजको दिनचाहि छुकै परेको रहेछ लौ ।"

अब त्यहाँबाट जान तर्खराउँदै एउटाले भन्यो । "जोडा भात त तातै थियो । हत्याराहरू भरखरै निस्केका जस्ता छन् धेरै पर पुगेका छैनन् होला । अलि छिटो गए भेट्न सकिन्छ । हिँड झट्टै ।" एउटाले हतार लगायो । अर्कोका आखा ओछ्यानमा दुम्किएर अत्यन्त त्रसित र भयभीत सातो उडेझै आखाले त्यस नाटकका दारुण, बीभत्स दृश्य हेरिरहेको सानो दर्शक पुन्टेमाथि परे । उसले सोध्यो, "जोडा यहाँ एउटा पिउसो रहेछ, यसको के गर्ने ?"

"के गर्नु अब । घाँटीमा घटेसी बनाएर झुन्ड्याएर हिँड्नुभएन । छोडिदिने यतिकै । भोलि बिहान कसैले आएर देख्लान् । अनि कोही नातेदार भए जिम्मा लाइदेलान्, नभए कुनै टुहुराहरूको बालघरमा लगेर राखिदेलान् हिँड ।" अर्कोले भन्यो र दुवै त्यहाँ बाट निस्केर अध्यारोको खोकिलामा हराए ।

यहाँ यसरी एउटा बीभत्स नाटकको मञ्चन भयो । तर, त्यस नाटकका दर्शक कोही थिएनन्, खालि एउटा सातो गएर संज्ञाहीनझैँ भएको सानो पुन्टेका दर्ुइ निरीह निर्दोष आँखाहरू मात्र थिए ।

दोस्रो प्रहरको रात बाहिर डरलाग्दो गरी चकमन्न थियो । त्यस चकमन्नतालाई घरिघरि पर गाउँ माझका गल्लीहरूमा भौतारिने भुस्याहा खिच्चाहरूले रोएको हुहु स्वरले भत्काउथ्यो । अनि बेलाबेलामा ज्यादै उराठलाग्दो गरी लाटोकोसेरो र अरू रात्रि चराहरूका कर्कश स्वरले रातको त्यो शून्य अध्यारो आकाशको विस्तृत छातीलाई चिर्दै दिगन्तमा गुज्थ्यो, "किर्रकिर्र किरिरिर्र । हुँ हुँ हुँ हुँ .. ह्वाँ ह्वाँ । यिनै स्वरहरूका माझ त्यहा एउटा अर्को स्वर थपियो, द्वाङ द्वाङ धडाम् ।"

यस स्वरले भने त्यहाँ गाउँ र बजारमा खतिखेरसम्म पनि जागा बसेकाहरूको मुटुको चाल बन्द गरायो । सबैका भयाल ढोकाहरू बन्द भए ढ्यामढुम ढ्याम्ढुम । अलि त्यसको दोस्रो दिन मध्याह्नको सबैजसले एफएम रेडियोमा महिला खबर वाचिकाको जीवनहीन स्वर गुज्यो, "गए राती पश्चिमाञ्चलको राजधानी नजिकैको एउटा सानो गाउँमा केही जङ्गलबाट आएका बन्दुकधारीहरूले त्यही सानो गाउँको पुछारमा छाप्रो बनाएर बसको ज्याला मजुरी गरेर खाने दुई लोग्ने-स्वास्नीलाई आधारातमा घरमा पसी बीभत्स हत्या गर्नुका साथै भएका धनमाल र महिलाका नाक, कान, घाटीका सुनको गहनासमेत लिएर फरार भए । घटनास्थलमा एउटा सानो तीन-चारवर्षो बालक लगभग संज्ञाहीन अवस्थामा भेटिएर उसलाई बालघरमा बुझाइएको । पछि गस्तीमा गएका सुरक्षाकर्मीहरूसँगको भिडन्तमा लुटेराहरूमध्ये दुर्इजना बन्दुकधारीहरू पनि मारिएका हाम्रा स्थानीय संवाददाता ... ले बताएका छन् । अहिलेलाई म मेरा सहकर्मी ... लाई यतिकैमा बिदा दिनुहोस् । पछि बजे यस्तैयस्ता खबर लिएर फेरि उपस्थित हुनेछैन । नमस्कार जय नेपाल ।

यो खबर रेडियो, एफएम, टेलिभिजन र स्थानीय राष्ट्रिय पत्रपत्रिकाले फूल जडीजडी प्रसार गरेपछि जनमानसमा एउटा आतङ्कको सृजना भयो । के पत्तो, समाचार वाचकले अर्को हत्या र हिंसाको खबर वाचन गर्ने बेलासम्म आफैँ पनि त्यसको सिकार बनिने हो कि ?

Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.