हामी आज जूनका कुरा लेखौँ

आँगनमा, तिमी र म
टुक्रुक्क बसेर
जूनका कुरा लेखौँ भन्दै
भन्ज्याङ पस्किँदै छु
पल्लाघरे भिनाजुले पत्र पठाएका छन्
सानिआमाले मुटुभरि
चन्द्रमा लेख्नु भन्दै
सयपत्री पठाएकी छिन् रे !
तर म त
सडक र सुनसान लेखौँ भन्दै छु
र हरेक साँझ चन्द्रमासँग
र सपनासँग म भने
शब्दहरू लेखौँ भन्दै छु
मन र आस्था पनि
सुनसान सुनसान
मनहरू सुसेलेर
चन्द्रमा लेख्न सकिँदैन
चन्द्रमा लेख्न त
मनहरू मुटुहरू र धडकनहरूसँग
हातमा हात मिलाएर
एउटै सडक भएर आउनुपर्छ
तिमी, घामका कविताहरू कोर्दै गर्दा
मैले पनि अन्योलपूर्ण अनि असजिलो र
बाँच्नुको अर्थ खोज्न
यात्रा निरन्तर उडिरहेछन्
सितलताको कविता कोर्न
रुँदा रुँदा हजुरआमाले
माटो पठाएकी छिन् रे !
पत्रभरि माटोको स्पर्श
म तिमीलाई जून लेखौँ भन्दै छु
र तिमी रित्तो शहर र सडक देखाएर
रित्तिएका मच्चेका मुटुहरू निखार्दै
वर सर्दै वर्तमानलाई
कविताहरूमा ! फेरि पटक पटक
जून लेखौँ भन्दैछु
तिमी देश लेखौँ भन्दै
ढोका छेउमा उभिएर
आकाशका ताराहरू देखाउँदैछौ
र म थाकेका सडकहरू र सनै सनै
भत्किएका मुटुहरूसँग
गन्तब्य पहिल्याउन दृष्टि विखन्डनतिर
अलिकता म परिवेश बचाऊँ भन्दैछु
बाँच्नुको भविष्य हुनसक्छ
प्राप्तिमा पाएका
उदास उदास नभएर
हामी आज जूनका कविता लेखौँ
क्रियाशिलता लेखौँ र समानान्तरता लेखौँ !!

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom