Loading

म गीतकार पनि भइहालेँ

आमाको गर्भमा रहँदादेखि नै मैले मीठो गीत सुन्न पाएँ। मीठो गायन सुन्न पाएँ। कति भाग्यमानी म! बहुत थोरैले पाउछन् यस्तो मौका। यस्तो मौका पाएकैले होला म गीतकार पनि भइहाले।

आमाको गर्भमा रहँदादेखि नै मैले मीठो गीत सुन्न पाएँ। मीठो गायन सुन्न पाएँ। कति भाग्यमानी म! बहुत थोरैले पाउछन् यस्तो मौका। यस्तो मौका पाएकैले होला म गीतकार पनि भइहाले। यस्तो मौका नपाएको भए सायद म गीतकार हुन सक्दिनथे होला।
कोही कोही त भन्छन्, 'तिमी त अघिल्लो जन्ममा पनि गीतकारै थियौ होला र त लेख्छौ यति राम्रा गीतहरू!'

के थाहा मलाई अघिल्लो जन्मको कुरा! हुन पनि सक्छ, नहुन पनि सक्छ। अघिल्लो जन्मको कुरा छाडौ, त्यति बेला म गीतकार थिए कि थिइन? त्यो कुरा पनि छाडौ, अहिलेको जन्ममा चाहि मलाई साह्रै रमाइलो लागेको छ, गीतकार हुन पाएकोमा। साह्रैसाह्रै नै मज्जा लागेको छ।

गीत लेख्नु पर्दा मलाई खासै अप्ठ्यारो पर्दैन। दस, एघार यस्तै, वर्षको उमेरदेखि मैले गीत लेख्न थाले। या भनौ गीतले मलाई लेख्न थाल्यो।

मेरो सानो मुरलीमा मेरो देश नअट्ला
तर मेरो मुरलीले भाखा राखौ भन्छ
मेरो सानो मुटुभित्र मेरो देश नअट्ला
तर मेरो दस औंलीले देशै ढाकौ भन्छ

यो गीत, जुन गीत लेखेर मैले पाउनु माया पाएँ यो मैले सत्र, अठार वर्षको उमेरमै लेखिसकेको थिए। अचम्म लाग्छ कसरी लेखे हुला यो गीत मैले त्यो उमेरमा! त्यसरी कल्पना गर्न त अहिले पनि आउदैन मलाई। त्यसैले मैले माथि गीत लेख्न थाले मात्र नलेखेर गीतले मलाई लेख्न थाल्यो भन्ने पनि लेखेको छु, याद गर्नोस् है।

मलाई माया गर्ने पाठकहरूले मेरो गीत?लेखनको बारेमा साचो कुरा जान्ने हो भने यो कुरा बुझ्न एकदमै जरुरी छ। गहिरो गरी बुझ्न जरुरी छ यो कुरालाई। यस्तो मलाई मात्र नभएर अरूअरूलाई पनि हुन सक्छ। सोध गर्‍यो भने, गहन रूपले नियालेर हेर्‍यो भने यथार्थ पत्ता लाग्न सक्छ। कुनै सिद्धान्तको साचोभित्र अटाउदैन भनेर कुनै कुरालई फ्यात्त फाल्न मिल्दैन; मिल्दै मिल्दैन।

धेरै पटक मलाई यस्तो अनुभूति भएको छ। मानौ कोही छ जो सधैं मेरो पछाडिपछाडि बसेर मेरा सारा कुराहरू लेख्छ, मेरै हातहरूले सधैं अदृश्य रूपमा रहेर अरूहरूदेखि।
जन्मजात गीतकार वा कवि भएर जन्मने भनेको सायद यही होला कि। तर यो व्यक्ति मैले अनुभव नगरेका, मैले अनुभूत नगरेका कुराहरू भने लेख्न सक्दैन। मेरै अनुभव, मेरै अनुभूतिबाट जन्मेका कुराहरूलाई मीठो ढङ्गले, कलात्मक पाराले, अनौठो चित्र, अनौठो बिम्ब देखिने गरी लेख्छ। तज्जुब छु म आफै पनि ऊदेखि।

आफ्नै हातले लेखेको त्यो बिम्बलाई लेखिसकेपछि जब म देख्छु, आफै चकित हुन्छु। यस्तो आश्चर्य मलाई धेरैधेरै पटक भएको छ। तर अरूले देख्दा चाहि मेरा सबै कुराहरू लेख्ने म आफै नै हु। हो पनि, होइन भन्ने तागत कसको? यस्तो अनुभूति म आफैलाई पनि विशेष विशेष क्षणमा मात्र हुने हो, सधै हुने त होइन।

मेरी आमा कुशल सगिनी?गायिका हुनुहुन्थ्यो। त्यसैले गर्भमा हुदा मात्र होइन, जन्मेर ठूलो हुदासम्म पनि मैले उहाको सगिनी?गायन बारम्बार सुन्ने मौका पाइरहे। मलाई रोमाञ्चक किसिमले सबभन्दा सम्झना आउने क्षण चाहि हो, म तीन, चार या पाच वर्ष कतै हुदा मलाई आफ्नो काखमा राखेर उहाले सगिनी गाएको र गाउदागाउदै उहा धरधरी रुदा उहाका अश्रुधारहरूले मेरो शरीर भिजेको क्षण।

मलाई साह्रै मन पर्ने, उहाले बारम्बार जसो गाउने, काजी वंशराजको दुःखद् कथाको सगिनीको धेरै भाग अहिले पनि मलाई कण्ठै आउछ। स्तनपानसगै आमाको काखमा बसेर गायनको आनन्द लिन पाउनु साह्रै नै विलक्षण क्षण हो। यो पनि मलाई जुर्‍यो। के गर्ने भाग्यमा भएपछि यस्तो हुदो रहेछ।

यति मात्र कहा हो र? म जुन ठाउमा जन्मे त्यो ठाउको सारा वातावरण नै गीतमय थियो। लोकगीत र लोकनाचको त महासागरमै जन्मेको थिए म। भाउजूहरू, दिदीहरू, उहाहरूका साथीहरू, को गाउनुहुन्नथ्यो सगिनी! म सगसगै गाईबस्तु चराउन जाने भाउजूहरू, दिदीहरूले मीठामीठा सगिनीहरू, गीतहरू गाएर सुनाइरहनुहुन्थ्यो मलाई। मैले कसरी भुल्नु उहाँहरूको यत्रो ठूलो योगदानलाई?

मेरो काकाको माइलो छोरा हुनसम्मको राम्रो गायक हुनुहुन्थ्यो। जनकविकेशरी धर्मराज थापाका गीतहरू जनकविकेशरी धर्मराज थापाले भन्दा पनि मीठो गरी गाउन सक्नुहुन्थ्यो। त्यस्तै छिमेकको अर्को दाजु यदुकुमार कार्की महान् सङ्गीतकार तथा गायक अम्बर गुरुङका र त्यति बेलाका सुप्रशिद्ध अरू पनि गायक?गायिकाहरूका गीतहरू साह्रै सुन्दर तरिकाले गाइरहनुहुन्थ्यो। म सधै यी महान् प्रतिभाहरूको सान्निध्यमा हुन्थे, अनि कसरी नहुनु म गीतकार, मेरो दाजु वासुदेव नेपाल, मेरा प्रिय दिदीहरू, माथ्लो घरकी सानी माइली भाउजू, मेरो गीत?लेखनको यत्नको तहतहमा हुनुहुन्छ।

त्यति बेला भोजपुरमा जहा पुगे पनि, जता पुगे पनि लोकगीतको महासागरमा बग्न, लहरिन पाइन्थ्यो, मज्जाले। मेरो समयको पनि ठूलो योगदान छ म गीतकार हुन।
वर्षमा महिना दिनभरि लाग्ने डबली मेला गीतैगीत, नाचैनाचले उफ्रिन्थ्यो। हरेक वर्ष टक्सार बजारबाट देखाइने धार्मिक नाटक र भोजपुर बजारबाट देखाइने सामाजिक नाटकहरूमा थुप्रै गीतहरू सुन्न पाइन्थ्यो। शाहीसेनाहरूद्वारा देखाइने सांस्कृतिक कार्यक्रमहरूमा उित्तकै राम्रा गीतहरू हुन्थे। गीतैगीतको आकाशमुनि उड्ने चराहरूको जीवन थियो मेरो बाल्यकाल।

बिर्सिनसक्नुका चण्डी नाच, मारुनी नाच, बालन नाचका झाकीहरूको झझल्को अहिले पनि आइरहन्छ मेरो आखामा।

हाइस्कुलमा पढ्दा अतिरिक्त क्रियाकलापअन्तर्गत हुने हरेक कविगोष्ठीहरूमा, बाहिर हुने हरेक कविगोष्ठीहरूमा म बरोबर भाग लिइरहन्थे। कसरी भुल्न सक्छु म मेरा महान् गुरुहरूको महान् योगदानलाई? मेरा अग्रजहरूको महान् योगदानलाई?

अलि ठूलो हुदा, पत्रपत्रिकाहरू पढ्न थाल्दा कविवर माधव घिमिरेका गीतहरूले छुन थाले मलाई। ती गीतहरू पढ्दा तिनीहरूको कलात्मक प्रस्तुतिले हुरुक्कै हुन्थे म। पछि जनकविकेशरी धर्मराज थापा आफै भोजपुर आउनुभयो। उहाका गीतहरूले त प्रभाव पारे, पारे, त्यो भन्दा बढी कथा भन्दै गीत गाउने उहाको शैलीले म हुनसम्म प्रभावित भए।
एक समय थियो, मेरो उद्घोषण गीतभन्दा मीठो हुन्थ्यो, एकदमै मीठो! यसका लागि मैले जनकविकेशरी धर्मराज थापा, मेरी आमा, मीठो न मीठो शैलीले पुराण वाचन गर्नुहुने मेरो आफ्नै काकाप्रति हुनु आभारी हुनै पर्छ। मेरो काका, जसको काखमा बसेर म पुराणका सुन्दर कथाहरू सुन्थे, कस्तो राम्रो पुराणवाचक हुनुहुन्थ्यो उहा!

जनताका प्रिय कवि केवलपुरे किसानका कविता र गीतहरूले, जनकवि गोकुल जोशीका कवितामय गीतहरूले पनि मलाई पार्नु प्रभाव पारेका थिए? मेरो बाल्यकालमा। मेरो पहिलो सिर्जना हिमालको प्रशंसामा गीति छन्दमा जन्मिएको गीत थियो। त्यसपछि पनि धेरै गीतहरू लेखे मैले गद्यकविता लेख्न थाल्नुभन्दा धेरै पहिले।
ओकेन्द्रबहादुर रायामाझी? यो एउटा नाम हो साथीको। उमेर अलि ठूलो भएको हुनाले दाइ भने पनि हुन्छ। मेरो सहपाठी हाइस्कुलको। उहा नै हो मैले पहिलोपल्ट गीत लेख्दा मलाई मद्दत गर्ने। हिमालको बारेमा लेखिएको गीति कविता लेख्दा मद्दत गर्ने। उहा मलाई गीत लेख्न मद्दत गर्नुहुन्थ्यो, यो कुरा त आफ्नो ठाउमा छदै छ, त्यो भन्दा बढी तन्नेरी?तरुनीहरूले जुहारीमा कसरी कस्ता गीतहरू गाउथे त्यो पनि मलाई केलाई?केलाई बुझाउनुहुन्थ्यो।

पहाड मन पर्छ मलाई। जहा पहाडहरू छन् त्यो ठाउ सुन्दर लाग्छ, आफ्नो लाग्छ, घरजस्तो लाग्छ मलाई। खुला आकाश। खुला निलो आकाशमा चादीमय बादल या सगर डढेको आकाश। या इन्द्रेनी टागिएको आकाश। तरेली परेका फाटहरू। हरियो वन। खुला क्षितिज। ससाना खोलीहरू या ससाना बाटाहरू। खुला चहुर र बुट्यानहरू। उडिरहेका चराहरू। गाईबस्तु र गोठहरू। पहाडी मानिसहरू। उनीहरूका साना सुन्दर घरहरू। घरघरबाट निस्केर आकाशतिर गइरहेका परीजस्ता धुवाहरू। मानीहरू या हावामा हल्लिरहेका ध्वजाहरू। यी सब मलाई खुब मन पर्छन्। यिनीहरू रसाएपछि जन्मन्छन् मेरा गीतहरू।
मीतबा मीतआमा भनेको आफ्नै बाआमासरहका मनिसहरूको नाम हो धर्मले बास गर्ने पहाडी बस्तीहरूमा। भोजपुरको, पोखरेको मेरो घरभन्दा अलि माथि लेकमा मेरो मीत बाआमाको घर थियो। माइलोचाहि मीत दाजुसग गोठमा खूब रमाइला दिनहरू बिताउथे म। भुइकुहिरोसग अगालो मार्दै खूब गीत लेख्थे म। मलाई मेरो माइलो मीत दाजुले क्या प्रेमले सघाउनुहुन्थ्यो गीत लेख्न। त्यसैले जबजब म आफूलाई गीतकारका रूपमा हेर्छु, त्यो गोठ, त्यो खर्क र माइलो मीत दाजुको खूब याद आउछ।
एसएलसी पास गरेर धरान आएपछि पनि मेरो गीत लेखनको मोह मरेन। कथा हालेर लोकगीत गाउदा मेरो कलेजको प्रिन्सिपल महाप्रसाद रिजालले कस्तो मीठो अगालो हाल्नुभएको थियो मलाई! वाह, कस्तो मीठो अगालो! अनि किन छाड्नु मैले गीत गाउन। किन छाड्नु मैले गीत लेख्न।

काठमाडौं आएपछि, कविवर माधव घिमिरेलाई प्रत्यक्ष रूपमा भेटेपछि, कवि दाजु कृष्णप्रसाद पराजुलीको न्यानो माया पाएपछि मेरो गीतको खेती झनै उर्वर भयो। जब रामेशले मेरा शब्दहरूमा सङ्गीत भर्न थाल्यो, वाह! त्यसपछि त पङ्ख लागिहाल्यो नि मेरो गीत?लेखनमा। शब्द र श्रुतिको सच्चा मिलन त्यतिखेर भयो। मेरा गीतहरूको पूर्ण जनम त्यतिखेर भयो। एउटा राम्रो गीतकार बनाउन आफ्ना सङ्गीतका हातहरूले सुमसुम्याउदै धेरै न्यानो माया प्रदान गर्‍यो मेरो साथी रायनले पनि त्यो बेला।
मेरा गीतहरूलाई चारो दिने, तिनको राम्रो न राम्रो किसिमले हेरविचार गर्ने सुअवसर दिदी पारिजातलाई मिल्यो। उहाले एकदमै मीठो किसिमले निभाउनुभयो आफ्नो कर्तव्य। पारिजात दिदीको डेरामा हाम्रा गीतहरूलाई माया गर्ने अर्की दिदी हुनुहुन्थ्यो सुकन्या। पारिजात दिदीको डेरामा आउनुहुने नेपाली साहित्यका एकसेएक महारथीहरूले पनि बडो स्नेहले हाम्रा गीतहरूको लालनपालन गर्ने महान् कर्तव्यलाई निभाउनुभयो। उहाहरू हाम्रा प्रशंसक त बन्नुभयो?बन्नुभयो, उहाहरू हाम्रा प्रेरक पनि बन्नुभयो? नयानया गीत रचनाका लागि।
(पारिजात दिदी बिरामी हुनुहुन्थ्यो त्यसैले उहालाई भेट गर्न नेपाली साहित्यका महारथीहरू उहाको डेरामा प्रायः पालैपालो गरेर आइरहनुहुन्थ्यो।)
पारिजात दिदीको घरमा स्वदेशी महारथीहरू मात्र होइन विदेशी महारथीहरू पनि आउनुहुन्थ्यो। खूब प्रेरणा दिनुभयो उहाहरूले पनि मेरो गीत?लेखनको खेतीलाई उर्वर बनाउन।

मेरो गीत लेखनमा, खास गरी विषयवस्तु चयनमा फराकिलो न फराकिलो वृत्त छ? यो मैले मेरो आफ्नो परम्पराबाट मात्र सिकेको होइन, विदेशका सुन्दरसुन्दर परम्पराहरूबाट पनि सिकेको हो। त्यति बेला मेरो गीत?लेखनलाई विदेशी गीतहरू सुनाएर ठूलो मद्दत पुर्‍याउनेहरूमा पारिजात दिदीकै डेरामा भेटिनुभएको सान्द्रा जेडिस्टाइन र विदेशीहरूबीच कार्यक्रम दिने सन्दर्भमा भेटिनुभएको नोर्मा खरवर्गको नाम मैले एकदमै आदरपूर्वक लिनुपर्छ भन्ने मलाई लाग्छ।

पारिजात दिदीको घरमा सुकन्या दिदी पछि अर्की दिदी थपिनुभयो चुणा दिदी। उहाका छोरीहरू सुचित्रा, तमसा र शीतु। चुणा दिदीको श्रीमान् सचेन लामा। पारिजात दिदीकी घनिष्ट साथी दया सिंह र उहाका दुई जना बहिनीहरू र उहाहरूकी भाउजू। पारिजात दिदीकी अर्की मिल्ने साथी सत्यभामा दिदी। यी सबै नामहरू हाम्रो गीतिमय फूलबारीका मालीका नामहरू हुन्।

मेघबहादुर श्रेष्ठ, गोरखबहादुर श्रेष्ठ, भीमप्रसाद श्रेष्ठ, प्रेमनारायण प्रेमी दाइहरूले रामेश, रायन र अरिम ओखलढुङ्गा हुदादेखि नै माया गर्नुभएको थियो। पछि जब म रामेश, रायन र आरिमसग सामेल भए त्यो बेला झन् ठूलो उत्साहले उहाहरूले हाम्रो गीतको खेतलाई उर्वर बनाउनुभयो। उहाहरूको महान् प्रेम मेरा लागि आज पनि उित्तकै ठूलो प्रेरणा भएर रहेको छ यो छातीभित्र। मलाई गीतकार बनाउन उहाहरूको ठूलो योगदान छ। साथी जसराज किराती? वाह! उसले त मलाई गीत?लेखनको सप्तरङ्गी इन्द्रेनी नै दियो।

त्यस्तै योगदान छ मेरो गीत?लेखनमा बहिनी सावित्री जोशीको, मेरो ठूलो मामा घनप्रसाद न्यौपानेको, मेरी प्यारी सानिमा र मेरा माइजूहरूको। म त एकदम साधारण मान्छे! मायालु र प्रतिभाशाली मानिसहरूको महान् मायाले मलाई गीतकार बनायो? साधारण कि असाधारण कस्तो गीतकार बनायो त्यो चाहि मलाई थाहा छैन।

सबैको मायाले मेरा शब्दहरू शक्तिशाली भए, जुझारु भए। गोरखबहादुर श्रेष्ठको महान् माया र प्रेरणाले गर्दा म गीत लेख्ने मात्र होइन, गाउने पनि भए। गीत गाउने व्यक्तिले जब गीत लेख्छ त्यो गीत एकदम गीतिमय हुन्छ, शङ्कै छैन।

हाम्रा प्रिय साथीहरू निरन सापकोटा, गणेश रसिक, विमल चापागाईं, निनु चापागाईं, राजेन्द्र कोइराला, दिव्य भुर्तेल, नोरेम निगेसा, खगेन्द्र बस्नेत, ओ के बोथ, केदार न्यौपाने? वाह! यिनीहरूको मायाले हाम्रा गीतका हरफ हरफहरू निर्माण भएका छन्। रोयल नेपाल एकेडेमीको पद्य विभागले दिएको पैसा मेरो गीतिसङ्ग्रह छाप्न पर्याप्त भएन। त्यति बेला राजेन्द्र कोइरालाले नपुग पैसा पोखराबाट खुरुक्क नपठाइदिएको भए त्यति सजिलै कहा छापिन्थ्यो साइलीमोरीलाई! कहा त्यति सजिलै म त्यसको गीतकार हुन पाइहाल्थे मेरो अग्रज, मेरो दाजु रोचक घिमिरेले त्यो गीत सङ्ग्रह प्रकाशन गर्नका लागि प्रेमपूर्वक ठूलो यत्न नगरिदिनुभएको भए!

Author: 

Comments